Friday, July 28, 2017  |    

गन्तव्य नेपालका अध्यक्ष अधिकारीलाई भिटोफको सम्मान

प्रकाशित मिति: 2016/07/31

साउन १६, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालको बिसौ बार्षिक साधरणसभा तथा गाँउ पर्यटन दिवसको अवसरमा गन्तव्य नेपाल साप्ताहिक तथा गन्तव्य नेपाल न्यूज डटकमका अध्यक्ष शिव अधिकारीलाई सम्मान गरिएको छ ।

राजधानीमा गरिएको एक कार्यक्रमका विच अधिकारीलाई कार्यक्रमका प्रमुख अथिती पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले भिटोफ पुरस्कारसहित सम्मान गरेका हुन ।
अधिकारीलाई गाँउ पर्यटन प्रवद्र्धन गर्नको लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै प्रिन्ट मिडियाको तर्फबाट सम्मान गरिएको हो ।
अधिकारीसँगसँगै ईमेज टेलिभिजनका सन्दिप पौडेल, पत्रकार अमृत भादगाँउले लगायतलाई सम्मान गरिएको थियो ।

 

 

तपाईंको बिचार