Friday, October 20, 2017

नेपाल पर्यटन श्रमिक संघमा दिपेन्द्र पाण्डेको नेतृत्व निर्विरोध निर्वाचित

प्रकाशित मिति: 2016/07/31

साउन १६, काठमाडौं । नेपाल पर्यटन श्रमिक संघको दोश्रो राष्ट्रिय महाधिवेशनले दिपेन्द्र पाण्डे(कपिल)को नेतृत्वमा नयाँ कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ । साउन १५ गते कुरिन घाट स्थित रिभर फन विज रिसोर्टमा सम्पन्न महाधिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । 


पर्यटन क्षेत्रमा लागेका श्रमिकहरुको हक र हितको सुरक्षा गर्दै पर्यटन उद्योगलाई शोषण रहित बनाउन स्थापित संघले पाण्डेको नेतृत्वमा २३ सदस्यीय कार्यसमिती चयन गरेको हो ।  दोश्रो महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा दिल थापा, उपाध्यक्षमा उदयकुमार श्रेष्ठ, ईश्वरप्रसाद लामिछाने, दल बहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो ।

 त्यस्तै महासचिवमा गणेश निरौला र निरज मिश्र निर्वाचित हुनुभएको छ भने सचिवमा केशव मैनाली र नकुर दोङ तामाङ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा ऋतु ग्यामदान, सह कोषाध्यक्षमा सिहं विर घले निर्वाचित हुनुभएको छ । 
त्यसैगरि सदस्यहरुमा लोक बहादुर बराल, शुशिल खनाल, प्रभात तामाङ, बल बहादुर तामाङ, होमनाथ सिंखडा, राजेन्द्र खत्री विजय सुवेदी, लक्ष्मण गुरुङ, प्रकाश रिजाल, सौगात श्रेष्ठ, सुर्च बहादुर तामाङ र लोक बहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो । 

 

तपाईंको बिचार