Wednesday, September 20, 2017

स्फुर्तिको अर्को नाम रिभरफन विच रिर्सोट(हेर्नुहोस, फोटोफिचर सहित)

प्रकाशित मिति: 2016/07/31

साउन १६, काठमाण्डौ । काठमाण्डौको निसाष्सीदो बातावरणबाट स्फुर्तिमा रम्न चाहा भएकाहरुको लागि पछिल्लो समय रिर्सोटहरु उचित गन्तव्यका रुपमा विकाश भैरहेका छन ।

यही आनन्दको पर्याय बनेको छ, गोर्खा जिल्लाको कुरिनटार (बट्टार) मा अवस्थीत रिभरफन विच रिर्सोट ।
काठमाण्डौबाट करिव ९९ किलोमिटरको दुरीमा अवस्थित उक्त रिर्सोटमा आधुनिक सुविधा सम्पन्न एसीडिलक्स रुम, डिलक्स कटेज र आवश्यक्ताअनुसार टेन्टमा रात विताउन चाहनेहरुका लागि उचित गन्तव्य बनेको छ ।
 स्न्याक्ससहित एकरात प्रतिव्यक्ति १८ सयमा रात विताउन पाईने उक्त रिर्सोटमा विहानीको मिर्मिरेदेखि नै रमाईलो पुर्ण दिनको सुरुवात गर्न सकिन्छ । 
विहान सबैरै शितल, शान्त वातावरणमा स्थानिय चिया, कफिको चुस्की लिदै सुर्यदयको मलिन सुरुवातले जोकोही रोमाञ्चित हुनपुग्छ । किनारैमा त्रिशुली नदीको छङछङ पानीको आवाजमा मन बहलाउदै गर्दा राफ्टिङमा नरमाउने कमै होलान ।
राफ्टिङ सकेर फर्केपछि बालुवामाथि भलिवल खेल्न, व्याड्मिन्टनमा रमाउनेहरुको लागि समेत व्यवस्था गरिएको छ । सँगै फिसिङ, क्यानोइङ, कायाकिङ लगायत स्थानिय जंगलक्षेत्रको पदयात्रामा रमाउनेहरुको समेत रोजाई बन्ने गरेको छ । सार्वजनिक, निजी तथा पर्यटक बसमा जाँदा प्रतिव्याक्ति ६ सयमा नै पुग्न सकिने यस रिर्सोटमा अनलाईन बुकिङको समेत व्यवस्था रहेको रिर्सोटका सञ्चालक शंकर अधिकारीले बताए ।
स्थानिय शुद्ध अर्गानिक खाना तथा खाजाहरुका साथ शान्त बातावरणमा चाहे जसरी आवश्यक्ता अनुसारका रुम र टेन्टको व्यवस्था भएको रिभरफन साँच्चिकै आनन्ददायक छ ।

तपाईंको बिचार