Friday, November 24, 2017

स्वर्ण महोत्सव मनाउदैँ नाट्टा

प्रकाशित मिति: 2016/07/31

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाट्टा)ले आफ्नो स्थापनाको ५० औँ बर्षगाठको अवसर पारेर स्वर्ण महोत्सव मनाउने भएको छ । “नेपाल टुरिजम इन्ड्रस्टी अफ नेशनल प्रायोरिटी”को नारा सहित आगामी डिसेम्बर ९ मा स्वर्ण महोत्सवको कार्यक्रम गर्न लागेको नाट्टाका महासचिव भिमप्रसाद पन्तले जानकारी दिनुभयो । 

करिब २० लाखको लागानीमा गर्न लागिएको उक्तकार्यक्रमको व्यवस्थापनको लागि सिएन पाण्डेको नेतृत्वमा ५ सदस्यीय टोली समेत गठन भइसकेको छ । पर्यटनलाई युवा पुस्तामा लैजानको लागि नाट्टाले कलेज स्तरीय निबन्ध लेखन प्रतियोगिता समेत सञ्चालन गर्ने बताएको छ । 

 

तपाईंको बिचार