Saturday, April 29, 2017  |    

गन्तव्य नेपालको बार्षिकोत्सव तत्कालको लागि स्थगित

प्रकाशित मिति: 2016/08/01

साउन १७, काठमाण्डौ । गन्तव्य नेपाल साप्ताहिकले हरेक वर्ष आफ्नो बार्षिकोत्सवको अवशरमा प्रदान गर्दै आईरहेको टुरीजम म्यान अफ द इयर अवार्ड तथा व्यावसायि, पत्रकार सम्मान कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले उक्त विशेष कार्यक्रमको लागि आन्तरिक तयारी पुरा नभएको तथा देशको पछिल्लो राजनैतिक घटनाक्रमलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीले हप्तादिनभित्रै कार्यक्रम तालिका सार्वजनिक गरिने पनि बताउनुभयो ।
उहाँले ‘टुरीजम म्यान अफ द इयर’ अवार्ड छनौट समितिलाई यथासक्य पर्यटन बर्ष पुरुष छनौट गरी गन्तव्य नेपाल सचिवालयमा सिफारिस गर्न पनि अनुरोध गर्नुभयो ।
यसअघि गन्तव्य नेपालले साउन १८ गते होटल अन्नपुर्ण दरवारमार्गमा कार्यक्रमको मिति तय गरेकोमा विशेष कारणबस स्थगित भएको हो ।

तपाईंको बिचार