Sunday, May 28, 2017  |    

पर्यटनमा ओइलाएका सपनाहरुको पुर्नताजगीका लागि सक्रिय छु :रविन्द्रराज पौडेल

प्रकाशित मिति: 2016/08/01

साउन १७, काठमाण्डौ । वेलकम पोखरा टुर्स एण्ड ट्राभल’ पोखरा क्षेत्रमा स्थापित ट्रेकिङ कम्पनीको रुपमा रहेको छ । सँगै रहेको होटल राजले पर्यटकहरुको खानपिन र बसाईलाई आनन्ददायक बनाउन महत्वपुर्ण भुमिका खेलेको छ । लेकसाईडमै अवस्थित भएको कारण पनि हुनसक्छ, उक्त होटल पर्यटकहरुको पहिलो रोजाई नै बन्ने गरेको छ । रातभरको आनन्ददायक क्षण र दिनभरीको घुमघामको चाँजोपाँजो एकैसाथ मिलाईदिने कारणले पनि ‘वेलकम ट्रेकिङ र होटल राज’ एकसाथ पर्यटकहरुको रोजाईमा पर्दै आएका छन ।

यिनै टेकिङ र होटलका सञ्चालक हुन रविन्द्रराज पौडेल । जो सँग युवा जोस त छँदै छ सँगै विदेशमा अध्ययन गरेर प्राप्त भएको अन्तर्राष्ट्रिय डिग्री ।
उनको कर्मलाई भिन्न बनाउन यि कुराहरुले पनि उल्लेख्य भुमिका खेलेकै छन । भन्छन–‘पर्यटनका मुर्छित संभावना व्यूताउनकै लागि सिंगापुरको आर्कशक र सुरक्षित जिवन त्यागेर पर्यटनमा नौलो प्रयोग गर्ने कोशिष गर्दै छु ।’
आज भन्दा ३२ बर्षअगाडि स्याङ्जा, चिलाने वडा न ६ मा जन्मिएका यि युवाको जोस पर्यटनमा आजका दिनसम्म मौलाएकै छ । गाँउमै एसएलसी तहको अध्ययन पुरा गरेपछि थप अध्ययनका लागि २०५८ सालमा पोखरा हानिएका पौडेलले त्यहाँ प्लस टु सम्मको अध्ययन गरे । पोखरामा उनका दाजु यसअघि नै जमेर बसिसकेका हुनाले खास आर्थिक समस्या पनि नपरेको उनी बताउछन । सँगै उनी आफै पनि पोखरा एफएम पोखरामा कार्यक्रम प्रश्तोताका रुपमा पनि सक्रिय थिए ।
दिनहरु रमाईलै थिए । तर जव पोखराको सुन्दरताले उनलाई छोप्दै लग्यो, बास्तवमै नेपाल सुन्दर त छँदै छ, यसलाई परिष्कृत रुपमा पर्यटकहरुमाझ प्रश्तुत गर्न सकिएमा आम्दानीको राम्रो स्रोत यही श्रृजना गर्न सकिन्छ भन्ने उनलाई लाग्न थाल्यो ।
यही क्रममा पोखराको रमणिय बातावरण केही समय छोड्ने निर्णय गरे । त्यहीवेला उनले पोखरामा आधुनिक शिप शैलीले सुसज्जित होटल खोल्ने उदेश्यका साथ होटल सम्वन्धी स्नातक अध्ययन गर्न सिंगापुर जाने निधो गरे । 
यद्यपी पारिवारिक अवस्था राम्रै भएपनि सुरुमा बुझाउन निकै गाह्रो भएको उनी बताउँछन । त्यस बेलामा होटलमा काम गर्न पनि पढ्नुपर्छ, यस्तै, यस्तै के के जाति भन्ने चलन भएको उनी अझै सम्झन्छन ।
अन्ततः सिंगापुरमा ‘बिएचएम’ अध्ययन गरेपश्चात उनले त्यहाँ भएका कयौं अवसरलाई त्याग्दै आफ्नै पूर्ववत योजना साकार पार्ने क्रममा पोखरामा आजको दिनमा उनको व्यावसाय होटल राज र ट्रेकिङ गर्न चाहनेहरुका लागि वेलकम टुर्स एण्ड ट्राभल उनका परिचायक बनेर आएका छन ।
विभिन्न सामाजिक संङ्घ संगठनमा आवद्ध पौडेल गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ पोखरा शाखाका सचिव समेत हुन ।
व्यावसायिक इमान्दारिता र धैर्यताले नै जिवनको लक्ष्य साँच्न सकेकोमा यि युवा तन्नेरी हामीसँगको कुराकानीमा जति खुलस्त देखिए, उनको सोच र व्यावसाय पनि नयाँ सोचका साथ पर्यटकहरुलाई प्रफुल्लित पार्दै दौडिरहेकै छ ।

 

यसैसन्दर्भमा पर्यटनका नयाँ संभावनाहरुका विच पोखराको पर्यटकीय स्थीति र गर्नुपर्ने सुधारका विबिध पाटाहरुमा केन्द्रित रहेर पौडेलसँग केही सवालहरु माथी जिज्ञासा राखेका थियौ ।
१ बर्तमान पोखराको पर्यटन स्थीति कस्तो छ ?
सकारात्मक स्थीतिमा नै अगाडि बढिरहेको छ । मुख्यतः अन्तर्राष्ट्रिय विमानस्थलको कुराले पनि यस क्षेत्रमा रहेका  व्यावसायीहरुलाई केही आशा जगाएकै छ । यसविचमा पर्यटकहरुको चाप पनि बढेकै छ । देशको पर्यटकीय राजधानी हुनुको नाताले पनि अन्य पर्यटकीय ठाँउहरुको विकाशमा ध्यान नपुगीरहेको बेला आशातित रुपमा नै अगाडि बढिरहेको स्थीति हो ।
२. तर यही विचमा व्यावसायीहरुले पर्यटकहरुको संख्या मात्रै गनेर बस्ने तर उनीहरुको माग अनुसारका सुविधासम्पन्न होटलहरु अझै पनि खुल्न नसक्नुमा समस्या कहाँनेर छ ?
यहाँले भनेजस्तै उच्च खर्च गर्न सक्ने क्षमता भएका विदेशी पर्यटकहरु लक्षित होटल हुँदै नभएको भन्ने अवस्था होइन । यद्यपी तिनको संख्या अवश्य पनि कम छ । यद्यपी अहिले त्यस किसिमका होटलहरु पनि निर्माण हुने चरणमा रहेकाले ति समस्याहरु विस्तारै हल हुँदै जानेछन भन्ने हाम्रो बुझाई हो ।
३. तपाई आफै पनि भिटोफ पोखराको कार्यसमितिमा हुनुहुन्छ, पर्यटन प्रवद्र्धनका लागि तपाई आफ्नै पहल के कति ?
हेर्नुस, मेरो कुरा गर्नुहुन्छ भने म आफ्नो क्षेत्रबाट लागिपरेकै छु ।  ‘ग्रामिण घर बास योजना’ मार्फत पोखरा आसपासमै रहेका तथा अन्य संभावित पर्यटकीय क्षेत्रमा यसको विस्तार गरिरहेको अवस्था हो । अर्कोतर्फ गाँउमा पर्यटन भित्राउने, उनीहरुको बसाई लम्ब्याउने र विदेशीएका युवापुस्ताहरुलाई पनि पर्यटनका नयाँ संभावनाहरुबारे अवगत गराउँदै यसको बिकाश र विस्तारमा सक्रिय भुमिका भिटोफमा रहनुको नाताले र म आफै पर्यटन व्यावसायी भएको नाताले पनि लागीपरेकै छु भन्ने लाग्छ ।

४. तपाई पर्यटन प्रवद्र्धनमा लागिरहेको छु भन्नुहुन्छ, यही विचमा पोखराका सुन्दरताका रुपमा लिईने फेवा, बेगनास लगायतका ताल नजिकै निर्माण हुँदै गरेका अनियन्त्रित बस्तीले तालको भविश्य नै जोखिममा पर्दै जान थालेको छ । यसतर्फ यहाँहरु जस्ता व्यावसायीको पहल खै ?
पक्कै पनि पछिल्लो समय ताल आसपास जुन खालको अनियन्त्रित बसोवास र घरनिर्माण भैरहेको छ । यसलाई रोक्नुपर्छ भनेर व्यावसायीको तर्फबाट र भिटोफकै सक्रियतामा पनी अभियान सञ्चालन गरिरहेका छौ । यसविचमा सरकारले पनि मापदण्डलाई कडाई रुपमा लागु गर्न नसक्नु दुःखको कुरा हो । राजनैतिक नियुक्ति र अनियन्त्रीत योजनाहरुका कारण केही समस्या जस्तो देखिएपनि समग्र पोखरेली जनताको चासो र चिन्ता यसमा जोडिएकाले पनि हामी आफ्नो क्षेत्रबाट संरक्षणमा जुटिरहेकै छौ, जुट्नेछौ । यसमा सरकारी निती पनि उत्तिकै प्रभावकारी हुनु जरुरी छ ।
५. पर्यटन क्षेत्रको विकाशमा भिटोफको आगामि दिनको भुमिका के?
नेपाल पर्यटनमा प्रचुर संभावना भएको देश हो । यसर्थ देशको भौगोलिक स्थीतिले पनि ग्रामिण पर्यटनको एकदमै महत्व छ । होमस्टेका माध्यमबाट ति क्षेत्रहरुको प्रवद्र्धनमा अगाडि बढ्न सकिन्छ । जहाँसम्म पोखराको कुरा छ, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरुवातले केही आशा जगाएको छ । अवको हामी सवैको कर्तव्य भनेको भएका संरचनालाई उचित व्यावस्थापनका साथ संरक्षण गर्दै पर्यटनमैत्री व्यावहार र संस्कृतिमा जोड दिदै अगाढि बढ्नुपर्छ भन्ने हामी सवैको बुझाई हो । यसमा हामी प्रयत्नसिल छौ, रहनेछौ ।

 

                                                         

                                                          पौडेल, युवा पर्यटन व्यावसायी तथा भिटोफ पोखराका सचिव हुन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईंको बिचार