Wednesday, May 24, 2017  |    

भिटोफको दुई वर्ष

प्रकाशित मिति: 2016/08/01

शहरकेन्द्रित पर्यटनलाई दुर–दराजका गाउँबस्तीसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल) आफ्नो २० औँ बार्षिक साधारण सभा हुन गईरहेको छ । सन् २०१४ जुलाई ३१ गते मञ्चको १८ औँ साधारण साभाबाट निर्वाचित कार्य समितिको यसै साता २ बर्षे कार्यकाल सकिदै छ । उक्त कार्यसमितिले २ बर्षको अवधिमा गाउँ पर्यटन विस्तार र विकासका लागि गरेका कामहरु पर्यटन प्रर्वद्धनमा निकै फलदायी सावित भएको मञ्चका महासचिव राजकुमार थापा बताउनुहुन्छ ।   

मञ्चले ३५औँ विश्व पर्यटन दिवसको अवसर पारेर गत पौषमा  लमजुङ जिल्लाको काउलेपानी र पुरानोकोटको अध्यन भ्रमण गरेर उक्त गाउँलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न स्थानीय निकाय र सरोकारवाला निकायसँग सहकार्य गरेर “गन्तव्य काउलेपानी गाउँ भ्रमण बर्ष २०१४÷१५” घोषणा गर्नु गाउँ पर्यटनको विकासमा कोशेढुङगा सावित भएको थापाको भनाइ छ । मञ्चले सो गाउँमा पर्यटकलाई पुग्नका लागि सहज होस् भनेर नक्साङकन तथा प्रचार प्रसारको लागि हाते पुस्तिकासमेत प्रकााशन गरेको छ ।
थापाकाअनुसार मञ्चले यसै बर्ष पोखरा शाखा बिस्तार गर्दै म्याग्दीको टोड्के, झि गाउँ र उवाखेत गाउँको पर्यटकीय सम्भाव्यता अध्यन गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल गरिरहेको छ । त्यस्तै विश्व पर्यटन दिवसको अवसरमा मञ्चले पर्यटनलाई स्थानीय स्तरमा अर्थिक विकासको मेरुदण्ड बनाउने उद्देश्यले नवलपरासीको अमलटारी र चितवनको दराई होमस्टेको स्तरोन्नत्तिमा समेत सहयोग गरेको छ ।

गन्तव्य नेपालसँगको कुराकानीमा थापाले मञ्चले बर्दियाको डल्ला होमस्टे, कैलालीको पादा र कञ्चनपुरको राना थारुको बस्तीको अध्ययन अवलोकन गरेर ति ठाउँहरुलाई नयाँ गाउँ पर्यटनका गन्तव्यको रुपमा विकास गर्ने कार्ययोजना बनाइरहेको जानकारी दिनुभएको छ । पर्यटकहरुलाई निख्खर नेपाली संस्कृतिमा रमाउन सक्ने बनाउनका लागि गाउँको पर्यटन प्रर्वद्धनमा विशेष जोड दिनुपर्ने थापाको धारणा छ ।  

स्थानीय संस्कृतिमा पर्यटकहरु निकै रमाउने भएकोले पनि पर्यटकहरुलाई गाउँ–गाउँसम्म पुग्ने वातावरण सिर्जना गर्न मञ्चले विभिन्न खालका योजनाहरु ल्याएको थापाको भनाई छ ।

त्यस्तै मञ्चले नियमित सञ्चालन गर्दै आइरहेको रोपाईँ महोत्सव यस बर्ष नुवाकोटको तुप्चे गाविसमा गरेको थियो भने नेपालका विभिन्न पर्यटकीय गाउँहरुको दृश्य समावेश गरेर मञ्चले २०७३ सालको भित्ते पात्रो प्रकाशन गरेको छ ।

“स्थानीय स्तरमा पर्यटक लाई लैजान हामिले २०१५मा श्रीलंका र सोभियत संघका राजदुत र युरोपीयन युनीयनका सद्भावना दुतलाई काभ्रेको बल्थली गाउँ भ्रमण गराएको छौ” थापाले भन्नुभयो   “हामिले सामाजीक उत्तरदायित्व अन्तर्गत गत बर्षको विनाशकारी भूकम्पमा धेरै क्षति बेहोरेको गोरखा, सिन्धुपाल्चोक र धादिङ जिल्लामा राहत सामग्री तथा औषधि वितरण गरेका छौ ।”

यसका साथै मञ्चले “नेपालमा गाउँ पर्यटन” नामक वृत चित्र निर्माण गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा पर्यटनको प्रचार प्रसार गरेको बताएको छ । मञ्चले प्रदान गर्दै आएको गाउँ पर्यटन पत्रकार पुरस्कारलाई यस बर्ष पनि निरन्तरता दिने जनाएको छ ।      

मञ्चले विभिन्न पर्यटकीय संघ संस्थाहरुसंग मिलेर पर्यटन प्रर्वद्धनको लागि सहकार्य गर्दै आइरहेको छ । गाउँको पर्यटन प्रर्वद्धनको दृष्टिले आफ्नो कार्यकाल सफल रहेको थापाको विश्वास रहेको छ । थापाले नवनिर्वाचित कार्यसमितीले पनि स्थानीय पर्यटनको विकास र विस्तारमा महत्वपुर्ण काम गर्दै पूराना योजनालाई कार्यान्वयन गर्ने  आशा व्यक्त गर्नुभयो ।  

मञ्चले आव ७१–७२ मा ४ लाख ९४ हजार ३ सया ९० रुपैयाँ बचत गरको मञ्चको सचिवालयले जनाएको छ ।

 

तपाईंको बिचार