Friday, April 28, 2017  |    

टीडीएसको पर्यटन प्रवद्र्धन लक्षित बृतचित्र प्रदर्शनी

प्रकाशित मिति: 2016/08/01

साउन १७,काठमाण्डौ । टुरीजम डेभलपमेन्ट सोसाइटी (टीडीएस)ले आज सुदुरपश्चिमाञ्चलको पर्यटन प्रवद्र्धन र उथ्थान गर्नको लगि सुदुरपश्चिमाञ्चालका विविध सम्भाव्यता स्थलहरुको बृतचित्र प्रश्तुत गरेको छ ।

नेपाल पर्यटन बोर्डको हलमा भएको उक्त कार्यक्रममा सुदुरपश्चिमाञ्चलका खप्तड,  रारा ट्रेकिङ टायल, बडिमालिका सँगसँगै सुदुरपश्चिमाञ्चालका एडभ्न्चेर टुरिजम, कल्चरल, वाईल्डलाईफ, र्याफटिङ टुरिजम लगायत पर्यटकीय संभावित स्थलहरुको प्रर्दशन गरिएको थियो ।
टीडीएसका अध्यक्ष कृष्णबहादुर महराको सभापतित्वमा प्रश्ततीकरण साथै समापन भएको उक्त कार्यक्रममा पर्यटन व्यावसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको उल्लेख्य उपस्थिीति थियो ।

 

तपाईंको बिचार