Thursday, June 29, 2017  |    

विमानस्थल निर्माण गर्ने ठेकेदारद्वारा सरकारसँग उल्टै क्षतिपूर्ति माग

प्रकाशित मिति: 2016/08/03

साउन १९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले दुई अर्ब ३१ करोड रुपैयाँको क्षतिपूर्ति मागेको छ ।

यो रकम ठेकेदार कम्पनीले विमानस्थलको विस्तार गर्ने समयमा विभिन्न अवरोध आएकोले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन बोर्ड र विमानस्थलमा छुट्टाछुट्टै भएका कार्यक्रममा यो जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलका अनुसार विमानस्थलको क्षमता विस्तार गर्न सन् २०१३को माघ १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनी सान्चेज कन्स्ट्रक्टोरीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार काम हुन नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । यो कम्पनीले सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि ती वर्षको अवधिका जम्मा १६ प्रतिशत मात्रै काम गरेको छ ।

कम्पनीले जम्म ६ अर्बमा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तीन वर्षको अवधिमा काम गर्न नसकेको जिम्मेवारी लिनुको साटो सरकारसँग उल्टै क्षतिपूर्ति मागेको हो ।

तपाईंको बिचार