Monday, July 24, 2017  |    

गन्तव्य नेपालको बार्षिकोत्सव भाद्र १ गते हुने, सम्पुर्ण तयारी पुरा भएको आयोजकको भनाई

प्रकाशित मिति: 2016/08/03

साउन १९, काठमाण्डौ । गन्तव्य नेपाल साप्ताहिकको १२ औ बार्षिकोत्सवको अवसरमा पर्यटन क्षेत्रको समसामयिक विषयलाई उठान गर्ने उदेश्यका साथ पर्यटन अवधारणा सार्वजनिक गर्ने भएको छ ।    

कार्यक्रममा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई टुरीजम म्यान अफ द इयर अवार्ड समेत प्रदान गरिने छ ।
होटल अन्नपुर्णमा भाद्र १ गते हुने उक्त कार्यक्रम यसअघि आन्तरीक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले ‘टुरीजम म्यान अफ द इयर’ अवार्ड छनौट समितिलाई यथासक्य पर्यटन बर्ष पुरुष छनौट गरी गन्तव्य नेपाल सचिवालयमा सिफारिस गर्न पनि अनुरोध गरिसकिएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै पर्यटन व्यावसायी, पत्रकार, निजामति कर्मचारी लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

 

तपाईंको बिचार