Saturday, July 29, 2017  |    

माओवादी केन्द्र निकट पर्यटन व्यावसायीद्धारा प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना व्यक्त

प्रकाशित मिति: 2016/08/05

साउन २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यावसायीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई तथा शुभकामना प्रदान गरेका छन ।

प्रचण्डको निजी निवास लाजिम्पाटमा अपरान्ह साँढे १२ भएको  उक्त भेटमा पर्यटन व्यावसायीहरुको समस्याका साथै पर्यटनको प्रमुख आधार जलश्रोत र कृषि हुनुपर्नेमा व्यावसायीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
यसका साथै बढि भन्दा बढि पर्यटक कसरी भित्राउन सकिन्छ तथा पर्यटन प्रवद्र्धनका विषयमा पनि प्रधानमन्त्री समक्ष बिफ्रिङ भएको भेटमा सहभागी नेकपा माओवादी केन्द्रका सदस्य तथा पर्यटन विभाग सदस्य गणेश सिंखडाले बताउनुभयो ।
व्यावसायीहरुको ध्यानकर्षणपछि प्रधानमन्त्री दाहालले पर्यटनको बिकाशको लागि आफु गुरुयोजना बनाएर अघि बढ्न सदैव तयार रहेको बताउनुभएको थियो ।
मुलुकको पहिलो प्राथमिकता संविधान कार्यान्वयन र आर्थिक क्रान्ति भएको भन्दै प्रधानमन्त्री दाहालले आफु पर्यटन व्यावसायीहरुको मनोभावलाई कदर गर्दै अगाडि बढ्ने बताउनुभयो ।
उक्त भेटमा नेकपा माओवादी केन्द्रका पुर्व पर्यटन मन्त्री तथा पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्ट मगर, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्यटन विभाग सदस्य गणेश सिंखडा, केन्द्रिय सदस्य कमल सापकोटा, व्यावसायीहरु ठाकुर ढुंगना, नवराज पाण्डे, पम्फा धमला, सुर्दशन न्यौपाने लगायत ५५ जना सहभागी थिए ।

तपाईंको बिचार