Sunday, March 26, 2017  |    

आहा ! मनै लोभ्याउने होटल माउन्ट भ्यू पोखरा

प्रकाशित मिति: 2016/08/07

साउन २३, पोखरा । होटल माउन्ट भ्यू पोखरा पोखराको लेकसाईडमा अवस्थित स्तरिय र सुविधा सम्पन्न होटलको रुपमा रहेको छ ।

चार तारे होटलमा पाउन सकिने सेवा सुविधाको अवधारणामा सञ्चालित उक्त होटल प्राकृतिक मनोरमको दृश्य संगाल्दै रम्न चाहनेहरुको लागि उपयुक्त स्थान हो ।
होटल अगाडिको शान्त, स्वच्छ बातावरण, सँगैको फेवातालको सुन्दर दृश्यका साथै प्रत्येक कोठामा बाल्कुनीको व्यावस्था हुनुले पनि घुम्न जाने आन्तरीक तथा बाह्य पर्यटकहरुले पोखरा क्षेत्रको मनोरम दृश्यको आनन्द उठाउन पाईने गरी यसको डिजाईन तयार गरिएको छ ।
शुभप्रभातमा चिसो सिरसिर हावामा बाल्कुनीमाथी बसेर उदाउँदो सुर्यको प्रतिक्षामा टोहोलाउदै गर्दा निलो आकाशबाट उदाउँदै गरेको सुर्यको पहिलो प्रतिमाको स्पष्ट नजरका साथ माछापुच्छ्रे र  धौलागिरी, अन्नपुर्ण हिमाल लगायत अन्य मनोरम हिमश्रंखलाको अनुभुति उक्त होटलका विशेषता हुन । यही श्रृंखला साँझ पर्दै गर्दा ‘सन सेट’ मा समेत अनुभुति गर्न सकिनेछ ।
सुविधा सम्पन्न ४० ओटा भन्दा बढि डिलक्स रुम, २ वटा स्वीट रुमका साथै आफुले चाहे अनुसारका खानाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारले पनि उक्त होटलप्रतिको रुची पर्यटकहरुमाझ बढ्दो छ ।
प्रति व्यक्ति आवश्यक्ता अनुसार एकरात ५ देखि १० हजारमै खानासहित रात विताउन सकिने होटलका सञ्चालक बासु पाण्डेले बताउनुभयो ।
पर्यटकहरुका लागि पिकअपको समेत व्यावस्था रहेको उक्त होटलमा अग्रिम बुकिङको सुविधाका साथै माउन्ट भ्यू पोखरा डटकम मार्फत पनि जानकारी प्राप्त गर्न सकिने सञ्चालक पाण्डेले बताउनुभयो ।

तपाईंको बिचार