Monday, August 21, 2017  |    

गुरुङ पर्यटन व्यावसायीको साधरणसभा साउन २७ गते तय

प्रकाशित मिति: 2016/08/07

साउन २३, काठमाण्डौ । गुरुङ पर्यटन ब्यबसायी संघ नेपालको ५ औ साधारण सभा यही साउन २७ गते हुने भएको छ ।

गोकर्ण हाउस रेष्टुरेन्टमा मध्यान्ह सवा बाह्र बजेबाट सुरु  हुने उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने व्याक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम   रहेको गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष कुल बहादुर गुरुङले बताउनुभयो । यसका साथै सोही दिन बार्षिक शुल्कसहितको सदस्यता वितरण कार्यक्रम समेत तय भएको उहाँले बताउनुभयो ।
 
 
अन्य बिशेष कार्यक्रम
(१) डाक्टर हर्क गुरुङ पुरुस्कार ( २०१६ एक जनालाई )
(२) जिटिन राष्ट्रिय पत्रकारिता पुरुस्कार ( गुरुङ पत्रकार र  गैर गुरुङ पत्रकार गरी २ जनालाई
(३) महाभुकुम्पमा राहत सहयोग गर्ने संघ, संस्था तथा व्यक्तिहरुलाई कदर पत्र प्रदान गर्ने 
(४) पोखराका एक तमु पर्यटन व्यवसायीलाई बिशेष सम्मान प्रदान गर्ने 
(५) विभिन्न संघ, संस्थामा प्रतिनिधित्व गर्ने तुमु पर्यटन ब्यबसायीहरुलाई बधाई दिने 
(६) तमू (गुरूङ) सञ्चारकर्मी संघ(नेपाल नबनिर्बाचित सम्पूर्ण पदाधिकारी र सदस्य ज्यूहरुलाई बधाई दिने
(७) गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल) का नबनिर्बाचित सम्पूर्ण पदाधिकारी र सदस्य ज्यूहरुलाई बधाई दिने
 

तपाईंको बिचार