Sunday, March 26, 2017  |    

गन्तव्य नेपालका अध्यक्ष अधिकारी ठमेल परिषद्को प्रेस सल्लाहकारमा मनोनित

प्रकाशित मिति: 2016/08/07

साउन २३, काठमाडौं । गन्तव्य नेपाल पब्लिकेशन्सका अध्यक्ष एवं प्रधान सम्पादक शिव अधिकारी ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)को प्रेस सल्लाहकारमा मनोनित हुनुभएको छ । परिषद्का अध्यक्ष रामशरण थपलियाको अध्यक्षतामा आज बसेको परिषद्को  कार्यसमितिको बैठकले अध्यक्ष अधिकारीलाई प्रेस सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको हो ।

परिषद्को काम कारबाहीलाई आगामी दिनमा अझ सशक्त, प्रभावकारी र पारदर्शी बनाउन उद्धेश्यले उहाँलाई प्रेस सल्लाहकारमा मनोनित गरिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो । पर्यटकीय नगरि ठमेललाई राष्ट्रिय र अन्तर्रिष्ट्रिय स्तरमा आवश्यक प्रचार  प्रसार गर्नका लागि समेत ठुलो सघाउ पुग्ने परिषद्को विश्वास रहेको छ ।  

अध्यक्ष अधिकारी राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष समेत हुनुहुन्छ । 

तपाईंको बिचार