Thursday, October 19, 2017

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको पाखुरे जंगलमा दुर्घटना

प्रकाशित मिति: 2016/08/08

साउन २४ , काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ ।
नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर ९ स्थीत पाखुरेको जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए ।

गन्तव्य नेपालसँग कुरा गर्दै प्रजिअ पौडेलले घटनास्थल सदरमुकाम विदुरबाट करिव ३५ किलोमिटरको दुरीमा रहेकाले आफुहरु त्यसतर्फ प्रश्थान गर्दै गरेको र दुर्घटनाको कारण थाहा हुन नसकेको बताए । हेलिकप्टरमा ६ जना रहेका भएपनि उनीहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।

तपाईंको बिचार