Thursday, March 23, 2017  |    

अल्मलिएका सपनाहरु विच एक अग्रणी सोच : सुवास भण्डारी

प्रकाशित मिति: 2016/08/08

शंकर गौली

साउन २४, पोखरा । ट्राभल वान नेपाल, पोखराका सञ्चालक हुन , सुवास भण्डारी । यसका साथै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा), पश्चिमाञ्चल क्षेत्रिय संघका महासचिव समेत रहेका भण्डारी पोखरा क्षेत्रका चर्चित युवा पर्यटन व्यावसायी तथा समाजसेवीका रुपमा चिनिन्छन ।

२०३७ साल पुस २७ गते पोखरा उममहानगरपालिका –२९ सुईखेत(तत्कालिन हेम्जा) मा पिता मुक्तिराम भण्डारी र माता भगवती भण्डारीको कोखबाट जन्मिएका भण्डारीको पारिवारिक पृष्ठभुमि पनि पर्यटनमै केन्द्रित रहँदै आएको थियो ।
ट्राभल एण्ड ट्रेकिङ व्यावसायमा आवद्ध उनका दाईकै कारण उनमा पनि यस क्षेत्र प्रति रुची बढ्दै गयो । यसैक्रममा २०५३ सालमा एसएलसी दिएपश्चात दाईकै ट्रेकिङ एण्ड ट्राभलमा काम गर्न थाले । यसविचमा उनले आफ्नो अध्ययनलाई समेत सँगसँगै अगाडि डोर्याउदै गए । २०६० साल सम्म दाईकै कम्पनीमा काम गरेपश्चात यहिबेला उनी रोजगारीका सिलसिलामा जर्मनी जाने निधो गरी त्यसतर्फ हानिए ।
करिव ५ बर्षको जर्मनी बसाईपछि २०६५ सालमा नेपाल फर्किएका भण्डारी यसको एकबर्षपछि पोखराको लेकसाईडमा आफ्नै एकल लगानीमा ट्राभल एण्ड टेकिङ कम्पनी खोल्न पुगे । जुन आजको दिनमा पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा ट्राभल वानको रुपमा परिचित छ ।
पर्यटनमा लागेर सन्तुष्ट भएको बताउने भण्डारीले स्पष्ट रुपमा थोरबहुत सफलताको स्वाद लिएकै छन । पर्यटन सम्वन्धीत विभिन्न संघसंस्थामा आवद्ध भण्डारी समाजसेवी मनोबृत्तिका व्यक्ति हुन ।
जस्तो सुकै प्रतिकुल परिस्थीतिको पनि सामना गर्न तयार हुनेले नै सफलताको अनुभव गर्न पाउँछ भन्ने बुझाई भएका भण्डारी व्यावसायिक प्रतिस्पर्धा तिव्र बनिरहँदा आफ्नो पहिचान अलग रुपमा स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्नमा कटिवद्ध हुने जोकोही सफल हुने दावी गर्छन ।
काठमाण्डौ–पोखरा पर्यटक बस समेत सञ्चालन गर्दै आएका भण्डारीले केही समय भित्रै पोखरामा सुविधा सम्पन्न होटल ह्वाईट हिमाल समेत सञ्चालनमा ल्याउन लागेको बताए ।
साँच्चिकै भुकम्प र नाकाबन्दी लगायतका कारण देखाउँदै अलमलिएका पर्यटन व्यावसायीका विच यि युवा तन्नेरी नविन सिप र सोचको प्रयोग गर्दै हर्सित मुहारका आज पनि उत्तिकै सक्रिय छन ।   

 

 

तपाईंको बिचार