Wednesday, October 18, 2017

पर्यटन बर्ष व्याक्तित्व खोज्ने क्रम जारी, साउन ३२ गते अन्तिम टुंगो लाग्ने

प्रकाशित मिति: 2016/08/10

  साउन २६,काठमाण्डौ । गन्तव्य नेपाल गु्रपद्धारा प्रकाशित गन्तव्य नेपाल साप्ताहिकको १२ बार्षिकोत्वको अवशरमा प्रदान गरिने ‘टुरिजम म्यान अफ दि इयर’ २०१६ छनौट समितिको प्रारम्भिक बैठक आज बसेको छ ।

ठमेल पर्यटन विकाश परिषद्को कार्यालमा बसेको उक्त  बैठकले टुरिजम म्यान अफ दि ईयर मा सहभागि हुन चाहने व्यक्तिको योग्यता समेत निर्धारण गरेको छ ।
‘म्यान अफ द ईयर’ मा सहभागि हुन चाहने व्याक्ति पर्यटन व्यावसायमा संलग्न भएको हुनुपर्ने, प्रतिष्ठीत नेपाली नागरिक हुनुपर्ने, नैतिक पतन देखिने गरी फौजदारी अभियोग नलागेको व्यक्ति तथा विगत एक बर्षदेखी पर्यटन क्षेत्रलगायत, शिक्षा, स्वास्थ्य र भुकम्पपछिको पुर्ननिर्माणमा महत्वपुर्ण योगदान गरेको व्यक्तिले म्यान अफ द ईयर अवार्डमा सहभागि हुन सक्ने छनोट समितिका संयोजक रामशरण थपलियाले बताउनुभयो ।
छनौट समितिहरुमा संयोजक थपलियाका साथै बलराम न्यौपाने, निमा नुरु शेर्पा, लेखनाथ भण्डारी, साङ्गे लामा, कुलबहादुर गुरुङ, कुमार थापा, नगेन्द्र चन्द, चन्द्र दाहाल, शरदराज सुवेदी र प्रेम बाँनिया सम्मिलित ११ सदस्यीय छनौट समिति रहेको छ ।
यद्यपी यसको अन्तिम टुंगो साउन ३२ गते बस्ने छनोट समितिको बैठकले लगाउनेछ । छनौट समितिले दिएको सिफरिस अवार्ड भने भाद्र १ गते हुने गन्तव्य नेपालको बार्षिकोत्सवमा प्रदान गरिने छ । उक्त अवार्ड गन्तव्य नेपालले २०१० यता आफ्नो बार्षिकोत्सवको अवशर पारेर प्रत्येक बर्ष पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने एक जना व्यक्तिलाई प्रदान गर्दै आएको छ ।   

तपाईंको बिचार