Thursday, June 29, 2017  |    

युवा पर्यटन व्यावसायी निमानुरु शेर्पा ईटाली सरकारबाट सम्मानित

प्रकाशित मिति: 2016/08/11

साउन २७, काठमाण्डौ । चर्चित युवा पर्यटन व्यावसायी निमानुरु शेर्पाले ईटालीयन सरकारबाट प्रदान गरिने ‘नाइट अफ् द अर्डर अफ् द स्टार अफ् इटाली’ अवार्डबाट सम्मानित हुनुभएको छ ।

मंगलबार राजधानीमा आयोजित गरेको एक विशेष कार्यक्रममा उहाँलाई भारत कोलकत्ताका लागि इटलीका महावाणिज्यदुत डामिआनो फ्रान्कोभिघले सम्मान हस्तान्तरण गर्नुभएको थियो ।
शेर्पालाई ईटालियन र नेपाली संस्कृतिको प्रवद्र्धनका साथै   नेपाल घुम्न आउने ईटालियन पर्यटकहरुको समस्या समाधानमा महत्वपुर्ण भुमिका खेलेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।
गन्तव्य नेपालसँग कुरा गर्दै शेर्पाले ईटालीका राष्ट्रपतिबाट हस्ताक्षरित सम्मान प्राप्त गर्नु आफ्नो लागि सौभाग्य भएको र आगामी दिनमा पर्यटन क्षेत्रमा अझ सशक्त रुपमा लाग्ने बताउनुभयो ।
सोलुखुम्बुको लुक्लामा जन्मिएर दुई दशकदेखि पर्यटन व्यवसायमा कृयाशील रहँदै आएका शेर्पा इटाली सरकारबाट सम्मानित हुने पहिलो नेपाली समेत बन्नुभएको छ ।    

 

तपाईंको बिचार