Friday, August 18, 2017  |    

गुरुङ पर्यटन व्यवसायीको साधरणसभा सम्पन्न, गैरगुरुङ पत्रकारिता सम्मान शिव अधिकारीलाई

प्रकाशित मिति: 2016/08/11

साउन २७,काठमाण्डौ । गुरुङ पर्यटन व्यावसायी संघ नेपाल(जिटिन)को पाँचौ बार्षिक साधरणसभा काठमाण्डौ स्थीत ठमेलको गोकर्ण हाउसमा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रमुख अथितीको रुपमा निम्त्याईएका राष्ट्रिय गुरुङ परिषद्का केन्द्रिय अध्यक्ष रेशम गुरुङले गुरुङहरुको हक अधिकारको रक्षा र संरक्षणको लागि केन्द्रिय परिषद हरतरहले लागिरहेको बताउँदै गुरुङहरुको भेषभुषा संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापकता दिदै यसलाई पर्यटन प्रोडक्टका रुपमा विकाश गरिनुपर्ने औल्याउनुभयो ।
उहाँले गुरुङ पर्यटन पर्यटन व्यावसायी संघले पर्यटन प्रवद्र्धनको लागि देशव्यापी रुपमा खेलेको भुमिकाप्रति आफूहरु अत्यन्तै खुसी रहेको र यसरी नै गैरराजनितीक रुपमा देशका कुनाकुनामा पर्यटन मार्फत आर्थिक समृद्धि खोजिनुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा गुरुङ पत्रकारबाट आदिबासी जनजाती पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ र गैरगुरुङ पत्रकारका तर्फबाट गन्तव्य नेपाल साप्ताहिक तथा गन्तव्य नेपाल न्यूज डटकमका अध्यक्ष समेत  रहनुभएका राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)का केन्द्रिय अध्यक्ष शिव अधिकारीलाई विशेष अभिनन्दन गरिएको थियो ।
त्यसै गरी डा. हर्क गुरुङ सम्मानबाट नारायणकाजी कोनेलाई सम्मान गरिएको थियो ।
त्यस्तै गुरुङ कलाकार संघ नेपाल लगायत पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई पनि सम्मान गरिएको थियो ।
यसका साथै भिटोफ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य राजेन्द्र सापकोटा, ठमेल पर्यटन विकाश परिषद्का अध्यक्ष रामशरण थपलिया, निट नेपालका अध्यक्ष दिपक महत, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गणेश सिंखडा लगायतले गुरुङ पर्यटन व्यावसायी संघको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गुरुङ पर्यटन व्यावसायी संघका सचिव अम्विर गुरुङले गुरुङ पर्यटन समाजले पर्यटनमा उल्लेख्य काम गरेको बताउँदै आगामी दिनहरुमा देशव्यापी रुपमा चमत्कारिक रुपमा काम गर्ने बताउनुभयो ।
त्यसैगरी संघका अध्यक्ष कुलबहादुर गुरुङले गैरराजनितीक रुपमा पर्यटन क्षेत्रको बृद्धिबिकाशमा गुरुङ पर्यटन व्यावसायी संघ सशक्त रुपमा लागीरहेको बताउदै यसले आगामी दिनहरुमा पर्यटन क्षेत्रको श्रीबृद्धि गर्नको लागि प्याकेज बनाएरै अगाडि बढ्ने बताउनुभयो । उक्त कार्यमा सहयोगको लागि सम्पुर्ण पर्यटकीय संघ संस्थाहरुलाई आग्रह समेत गर्नुभयो ।

तपाईंको बिचार