Thursday, May 25, 2017  |    

गुरुङ पर्यटन व्यावसायी संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा कमला गुरुङ चयन

प्रकाशित मिति: 2016/08/12

साउन २८, काठमाण्डौ । गुरुङ पर्यटन व्यावसायी संघ नेपालले नयाँ कार्यसमिति गठन गरेको छ ।

हिजो गोकर्ण हाउस रेष्टुरेन्टमा आयोजित पाँचौ बार्षिक साधरणसभाले २ बर्षका लागि कमला गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।
कार्यसमिति पदाधिकारीहरुमा अध्यक्ष गुरुङसँगै उपाध्यक्षमा अम्बिर गुरुङ, महासचिव ईश्वर बहादुर गुरुङ, सचिवमा हिमबहादुर घले गुरुङ, कोषाध्यक्षमा लिलाबहादुर गुरुङ चयन भएका छन ।
यस्तै सदस्यहरुमा किशनराज गुरुङ, पिताम्बर गुरुङ, धनप्रसाद गुरुङ, फलबहादुर गुरुङ, जय बहादुर गुरुङ, प्रेम बहादुर गुरुङ, बिन्दा गुरुङ, बाबुराम गुरुङ, महाविर गुरुङ, बोवरजंग गुरुङ(पोखरा शाखाका अध्यक्ष) मा चयन भएका छन ।

तपाईंको बिचार