Wednesday, May 24, 2017  |    

पर्यटन बोर्डले अष्ट्रेलिया र न्यूजिल्याण्डमा पर्यटनदूत नियुक्त

प्रकाशित मिति: 2016/08/14

श्रावण ३०, काठमाण्डौ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रबर्धन गर्ने उद्देश्यले अष्ट्रेलिया र न्युजिल्याण्डमा पर्यटनदूत नियुक्त गरेको छ ।

पछिल्लो समयमा नेपाल सरकारको पर्यटन बोर्डले बिभिन्न देशका शहरहरुमा पर्यटनदूत नियुक्त गर्दै आएको छ । सोही क्रममा अष्ट्रेलियामा दुई र न्युजिल्याण्डमा एक पर्यटनदूत नियुक्त गरेको हो । 
बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीद्धारा हस्ताक्षर गरेर पठाइएको पत्रमा उनीहरुलाई दूत नियुक्त गरिएको उल्लेख छ । तर, अष्ट्रेलियामा रहेका संघसंस्थाका प्रतिनिधिहरुले भने दूत नियुक्ती गरिएपनि आफुहरुलाई यसबारेमा कुनै जानकारी नदिइएको र छलफल समेत नगरिएको बताएका छन् ।
 
बोर्डले अष्ट्रेलियाको सिड्नीका लागि ब्यवसायी बद्री अर्याल र मेलबर्नका लागि सञ्चारकर्मी चिरञ्जिवी देवकोटालाई पर्यटनदूत बनाएको छ भने न्युजिल्याण्डको क्राइस्टचर्चका लागि बुद्धिसागरलाई पर्यटनदूत बनाएको हो । पर्यटनदूत बनिसकेपछि उनीहरुले नेपालको पर्यटन प्रबर्धन गर्न र नेपालमा पर्यटकहरुको आवागमनमा बृद्धि गराउन आफुहरुले महत्वपुर्ण भुमिका खेल्ने उनीहरुले बताएका छन् ।  
पर्यटनबोर्डले यसअघि नै चिन, अमेरिका, जापान लगायतका देशमा पर्यटनदूत घोषणा गरिसकेको छ । 

 

तपाईंको बिचार