Thursday, March 23, 2017  |    

गन्तव्य नेपालको बार्षिकोत्सव भाद्र ३ गते, भव्य कार्यक्रमको तयारी पुरा

प्रकाशित मिति: 2016/08/15

साउन ३१,काठमाण्डौ । गन्तव्य नेपाल गु्रपद्धारा प्रकाशित गन्तव्य नेपाल साप्ताहिकको १२ औं बार्षिकोत्सव यही भाद्र ३ गते होटल अन्नपुर्णमा भव्य रुपमा मनाउने तयारी गरिएको छ ।

पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यमा हुने उत्सवमा विभिन्न राजनितिक पार्टिका नेता, पर्यटन विभागका प्रमुखहरु, सरकारी उच्चपदस्थ कर्मचारी, पर्यटनव्यवसायी, कलाकार तथा पत्रकारहरुको उल्लेख्य सहभागिता हुने बताइएको छ ।
गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन यो बार्षिकोत्सव कोषेढुंगा सावित हुने बताउँदै सम्पुर्ण शुभेच्छुकहरुलाई सहभागिताको लागि अनुरोध गर्नुभएको छ ।
आर्थिक समृद्धिका लागि पर्यटन भन्ने मुल नाराका साथ मनाउन लागिएको कार्यक्रममा टुरिजम म्यान अफ दि ईयर अवार्ड २०१६, मानवसेवी ५ व्यक्तित्व अभिनन्दनका साथै तिज नृत्य कार्यक्रम पनि रहेको अधिकारीले बताउनुभयो ।

तपाईंको बिचार