Wednesday, September 20, 2017

काठमाडौँ-दुबई सिधा उडान सुरु हुँदैँ

प्रकाशित मिति: 2016/08/17

काठमाडौँ, १ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ ।

काठमाडौँ– दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई उडानका लागि बुकिङ पूरा भइसकेको र पहिलो उडानमा यात्रु मात्र रहनेछन् ।

निगमको कार्यतालिका अनुसार एयरबस बिहीबार राति ११ः ३० बजे उडेर २ः १५ बजे दुबई अवतरण गर्नेछ भने भोलिपल्ट बिहान १० बजे काठमाडौँ आइपुग्नेछ । काठमाडौंँबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँं आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाली कामदारको सङ्ख्या अत्यधिक रहेकाले पनि सम्भावना बोकेको गन्तव्य हो । निगमले सातामा तीन वटा उडान गर्नेछ । काठमाडौँंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

काठमाडौँ– दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर राउन्ड ट्रिपको रु ३२ हजार तोकेको प्रवक्ता शर्माले बताउनुभयो । निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंङलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ ।

दुबई उडानमार्फत ४० हजारभन्दा बढी यात्रुलाई सेवा दिएर वाषिर्क रु एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य छ । विसं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो । रासस

तपाईंको बिचार