Friday, April 28, 2017  |    

ठमेलमा क्यानडियन विदेशी नागरिकलाई दिउसै लुटियो

प्रकाशित मिति: 2016/08/20

काठमाडौं,भदौ ४ । क्यानडाबाट आएर सीधै ठमेल पुगेका एक गैरआवासीय नेपालीलाई ट्याक्सी चालक अनिल तामाङ र सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटे ।

५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । एक युवतीसँग जबर्जस्ती सम्बन्ध राखेको आरोपमा एक सातादेखि एक विदेशी नागरिक र होटेलका कर्मचारी प्रहरी हिरासतमा छन् । साउदी अरेबियाको मोताहिन ओभरसिज कम्पनीमा मेनेजरका रूपमा कार्यरत दक्षिण सुडानका नागरिक सिद्दिकी इब्राहिम हसन इब्राहिमलाई प्रहरीले होटेल तायमाबाट पक्राउ गरेको हो ।

बसुन्धारास्थित क्षितिज इम्प्लोइमेन्ट सर्भिस कम्पनीमार्फत नेपाली कामदार छनोटका लागि आएका उनी ठमेलमा बसेर हरेक दिन नयाँ–नयाँ युवतीसँग रमाइलो गर्थे ।

अचम्मलाग्दो कुरा के थियो भने युवतीले वेश्यावृत्तिबाट कमाएको पैसाले चारजना अनाथ बालबालिकालाई पढाउादै आएकी थिइन् । आफू पनि टुहुरी भएकाले चार टुहुरा बालबालिकालाई उनले होस्टेलमा राखेर पढाउादै आएकी हुन् । नेपालमा बिहे गर्न गाह्रो हुने भएकाले उनी इजरायल गएर उतै बस्ने तयारीमा छिन् । सरिता केसी धादिङ घर भएकी २१ वर्षीया युवती हुन् ।

ठमेलका डिस्कोहरू धाइरहने उनी पछिल्लो एक वर्षमा तीनपटक पक्राउ परिसकेकी छिन् । ‘सबै घटना उस्तै छन्,’ डिएसपी राठौर भन्छन्, ‘होटेलमा गएपछि युवकलाई नुहाउन लगाउने र धनमाल लिएर भाग्ने ।’

प्रहरीले पक्राउ गरेपछि आफूलाई मुद्दा चलाए युवकले आफूलाई बलात्कार प्रयास गरेको र त्यसमा उसलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै बार्गेनिङ गरेर छुट्ने गरेकी छिन् । गत ११ वैशाखमा दरबारमार्गमा दुई ट्याक्सी चालक पाँच युवतीसहित पक्राउ परे । दरबारमार्ग र कमलादी क्षेत्रमा ट्याक्सीमा युवती राखेर घुमिरहने चालक गणेश मगर र आइते लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

ट्याक्सी चालकको आवरणमा उनीहरूको खास पेसा भने यौनकर्मी युवतीलाई ग्राहक मिलाउनु हो । त्यसकारण युवतीहरू ट्याक्सीमा लिएर उनीहरू ग्राहक खोज्दै हिाडेका थिए ।

नायिकाको चक्करमा

क्यानडामा पिआर लिएर बस्दै आएका भक्तपुरका मिराज गौतम ९नाम परिवर्तन० गत ४ असारमा नेपाल आए । एयरपोर्टबाट उनी घर गएनन्, सीधै ठमेल हान्निए । ठमेलको रात्रिजीवनको मजा लिएर मात्र उनी घर जान चाहन्थे । ठमेलको एक होटेलमा झोला राखेर ‘फ्रेस’ भई उनी घुम्न निस्किए । करिब एक लाख रुपैयाँबराबरको क्यानेडियन डलर साटेर नर्सिङचोकमा रहेको इभिजा डिस्कोमा छिरे । डिस्कोमा मदिरा पिएर नाच्न थाले ।

मदिराको नशा लाग्दै गएपछि नाच्ने युवतीसँग नजिकिए । केहीलाई आफूसँग जाने प्रस्ताव राखे । तर, कसैले नमानेपछि निराश भएर सडकमा निस्किए । ‘दाइ, के चाहियो रु’ डिस्कोबाट निस्किएलगत्तै एक युवकको उनलाई प्रश्न गरे । ‘के–के मिलाउन सक्छौ रु’ उनले डिल सुरु गरे । युवकले होटेल तथा केटी मिलाउन सक्ने बताए । तर, आफूलाई ‘ए वान’ केटी चाहिने भन्दै सडक छेउमै बसेर उनले कुरा अघि बढाए ।

देशका चर्चित नायिका नै मिलाउन सक्ने प्रस्ताव उनलाई आयो । मोडल सस्तो हुने र नायिका अलि महागो हुने भन्दै युवकले बार्गेनिङ सुरु गरे । नजिकै रहेका ट्याक्सी चालकलाई युवकले बोलाएर केही मोडलको तस्बिर देखाए । तर, एक चर्चित नायिका नै मिलाउने भनेपछि उनले मोडलभन्दा पनि नायिकालाई नै रोजे । नायिकको ४० हजार चाहिने प्रस्ताव राखे ।

मन परेकी नायिका भएकाले उनी एक रातको ४५ हजार रुपैयाँ तिर्ने भन्दै झन् उदार भए । सोही ट्याक्सीमा बसेर उनी गौशालातर्फ लागे । बाटोमा १० वटा कन्डम किने । गौशालाको एक लजमा पुगेपछि त्यहाँ लैजाने युवकले नायिका आउन केही समय लाग्ने र त्यतिवेलासम्म मदिरा पिउने प्रस्ताव राखे ।

पहिले नै मात्तिसकेका गौतमले त्यो प्रस्ताव पनि स्वीकार गरे । ट्याक्सी चालक र युवकले पहिले नै मदिरा खरिद गरिसकेका थिए । एक पेग मदिरा पिएलगत्तै युवक बेहोस भएर ढले । दुई युवक उनीसँग रहेको पैसा लिएर हिाडे । ट्याक्सी चालक अनिल तामाङ र केटी मिलाउने सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटेका हुन् ।

५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । काठमाडौंको पर्यटकीय हब ठमेलभित्र हरेक दिनजसो यस्ता घटना भइरहन्छन् ।

वेश्यावृत्ति, ठगी र लागुऔषध कारोबारको हबका रूपमा ठमेल बदनाम हुने थालेको छ । भर्खरकी युवती खोज्दा एक युवतीसँग जबर्जस्ती सम्बन्ध राखेको आरोपमा एक सातादेखि एक विदेशी नागरिक र होटेलका कर्मचारी प्रहरी हिरासतमा छन् ।

साउदी अरेबियाको मोताहिन ओभरसिज कम्पनीमा मेनेजरका रूपमा कार्यरत दक्षिण सुडानका नागरिक सिद्दिकी इब्राहिम हसन इब्राहिमलाई प्रहरीले होटेल तायमाबाट पक्राउ गरेको हो । उनी कामदारको अन्तर्वार्ताका लागि नेपाल आएका हुन् । बसुन्धारास्थित क्षितिज इम्प्लोइमेन्ट सर्भिस कम्पनीमार्फत उक्त कम्पनीले नेपाली कामदार लिादै आएको छ ।

ठमेलमा बसेका उनले हरेक दिन नयाँ–नयाँ युवतीसँग रमाइलो गर्दै आएका थिए । गत २६ साउनमा होटेलका कर्मचारी दीपक माझीलाई उनले भर्खरकी युवती खोज्न लगाएका थिए । सोहीअनुसार माझीले १८ वर्षकी यौनकर्मीलाई खोजेर उनी बसेको होटेलमा पुर्‍याएका थिए । तर, कालो वर्णको ठूलो ज्यान भएको युवक देख्नेबित्तिकै युवती कोठाबाट निस्कन खोजेकी थिइन् । तर, सिद्दिकीले उनलाई जबर्जस्ती बोकेर बेडमा लडाइ सम्बन्ध राख्न खोजेका थिए ।
नयाँपत्रिकाबाट

तपाईंको बिचार