Sunday, December 17, 2017

अनुज थापा जापानका लागि पर्यटन सद्धभावना दुत नियुक्त

प्रकाशित मिति: 2016/08/26

भाद्र १०, काठमाण्डौ । युवा पर्यटन व्यावसायी अनुज थापा जापानका लागि पर्यटन सद्धभावना दुतमा नियुक्त भएका छन ।
१० बर्षअघि जापानमा अध्ययनका लागि पुगेका थापा ट्राभल एण्ड टुरिजम विषयमा स्नातक गरेपश्चात पर्यटन व्यावसायमा सक्रिय रहँदै आएका थिए ।
जापानमा रेष्टुरेन्टका साथै पर्यटन सँग सम्बन्धीत अन्य विभिन्न कर्ममा सक्रिय रहँदै आएका अनुजको पर्यटन क्षेत्रमा रहेको सक्रियतालाई मध्यनजर गरेर   नेपाल पर्यटन बोर्डले सद्धभावना दुतमा नियुक्त गरेको हो ।
एनआरएन जापानका महासचिव समेत रहेका अनुज सद्धभावना दुत नियुक्त हुनुले नेपालमा जापानी पर्यटकहरु भित्राउन महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

तपाईंको बिचार