Saturday, June 24, 2017  |    

झन्डा फहराउन आएको हैन, एक साताभित्र विमानस्थल सुधार गर्नुस :पर्यटन मन्त्री शाही

प्रकाशित मिति: 2016/08/26

भाद्र १०, काठमाण्डौ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताउनुभएको छ ।
सिंहदरबारमा आज पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।
“हाम्रो मुख्य आयस्रोत पर्यटन हो, देश बनाउने दरिलो आर्थिक स्रोतको रुपमा रहेको पर्यटन मन्त्रालयलाई गतिशील बनाई पर्यटन विकासका लागि पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइनुपर्छ, मन्त्री शाहीले भन्नुभयो ।
उहाँले पर्यटन प्रवद्र्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन त्यसको तुलनामा पश्चिम र सुदूरपश्चिम पछि परेको भन्दै नीतिगत सुधारसहित पूर्वाधार विकास र हवाई सेवाको पहुँचका लागि काम गरिनुपर्ने खाँचो औँंल्याउनुभयो ।

झन्डा फहराउन मन्त्रालय आएको हैन

पर्यटनमन्त्री शाहीले आफू स्पष्टरुपमा काम गर्न चाहने व्यक्ति भएकाले गाडीमा झन्डा फहराउन मात्र मन्त्रालय आएको हैन भन्दै मन्त्रालयलाई कार्ययोजनासहित परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पर्यटन मन्त्रालयलाई नमुनायोग्य परिणाममुखी बनाउन सबैको साथ र सहयोग जरुरत पर्दछ, नीति नियममा कतै बाधा व्यवधान भए तिनलाई सुधार गर्न सकिने धारणा राख्नुभयो ।

एक साताभित्र विमानस्थल सुधार
मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर खस्किएको जनगुनासो बढेका बेला पर्यटन मन्त्री शाहीले एक हप्ताभित्र विमानस्थल सुधार गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्री शाहीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्समा जहाज थपेर गुणस्तरीय व्यवस्थापन गरी आन्तरिक विमानस्थल थप तथा सुधारका लागि योजनावद्ध काम गर्न पनि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभयो ।
यसैबीच, पर्यटनमन्त्री शाहीले पद बहालीपछि पहिलो निर्णयको रुपमा सङ्घीयताको सन्दर्भमा मन्त्रालयको कार्यक्षेत्र र सङ्गठनस्वरुप व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।
वि.सं २०२५ मा हुम्लाको खार्पुनाथमा जन्मनुभएका मन्त्री शाही हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।  

 

तपाईंको बिचार