Sunday, December 17, 2017

नवनियुक्त पर्यटनमन्त्री शाहीलाई निट नेपालको बधाई

प्रकाशित मिति: 2016/08/28

भाद्र १२, काठमाण्डौ । पर्यटन नेपाली कांग्रेस समर्थित राष्ट्रिय पर्यटन व्यावसायी संघ नेपाल(निट नेपाल)ले आज नवनियुक्त पर्यटनमन्त्री जिबनबहादुर शाहीलाई भेट गरी बधाई तथा शुभकामना दिएको छ ।
निट नेपालका अध्यक्ष दिपक महतको नेतृत्वमा गएको टोलीले पर्यटन क्षेत्रको समयमयिक विषयमा सल्लाह तथा सुझाव पनि पेश गरेको छ ।
उक्त टोलीमा २ दर्जन भन्दा बढि पर्यटन व्यावसायीहरुको सहभागिता रहेको थियो ।
भेटमा पर्यटन मन्त्री शाहीले पर्यटन क्षेत्रको समस्या र त्यसको समाधानका लागि बृहत भेला गरेर अगाडि बढ्ने बताए ।

 

तपाईंको बिचार