Monday, December 11, 2017

मन्त्रीको विमानस्थलमा अनुगमन, केही सुधार

प्रकाशित मिति: 2016/08/29

काठमाडौं । पर्यटन मन्त्रीको पदभार ग्रहण गर्नेक्रममा जीवनबहादुर शाहीले कर्मचारीहरुलाई निर्देशन दिँदै एकसाताभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न भनेका थिए। विमानस्थलको शौचालयको दुरावस्था र ‘लगेज’ व्यवस्थापन तथा समग्र सरसफईको अवस्था सन्तोषजनक नभएको भन्दै उनले कर्मचारीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका थिए। त्यसैक्रममा अनुगमनको लागि मन्त्री शाही विमानस्थलमा पुगे कसैले थाहा नपाउनेगरी प्राइभेट गाडीमा।
 
पदभार ग्रहण अधिकारीहरुलाई दिएको निर्देशन पालना भएको छ कि छैन भन्दा पनि त्यहाँको वास्तविकता कस्तो छ भनेर बुझ्न गएको बताए। यद्यपी त्यहाँ पुगिसकेपछि आफूले निर्देशन दिइसकेपछि केही सुधारका कामहरु भएको र केही भईरहेकोे उल्लेख गरे।
‘शौचालय, लवी तथा बाहिरको सरसफाईलाई तीव्रता दिइएको रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल भनेको देशको मूलद्वारमात्र नभई यो मुलुकको प्रतिष्ठासँग पनि जोडिएकोले यसको सरसफई गर्नु गराउनु सबैको दायित्व भएको र स्वच्छता निर्देशनबाट भन्दा पनि संस्कृतिको रुपमा विकास हुनुपर्ने धारणा उनले राखे।

दिँउसो र अफिस टाइममा खवर गरेर जाँदा देखावटीजस्तो हुने भएकाले आफू विहान नै गएको र त्यहाँ जाँदा देखिएका कमजोरीहरु सच्याउन लगाएको बताए।  आफू विमानस्थल सुधारका लागि निरन्तर लागिपर्ने मन्त्रीले प्रतिवद्धता व्यक्त गरे।

तपाईंको बिचार