Tuesday, June 27, 2017  |    

संस्कृति र उड्डयन क्षेत्रलाई छाडेर पर्यटन पूर्ण हुन सक्दैन : मन्त्री शाही

प्रकाशित मिति: 2016/08/30

भद्रौ, १४ काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले नवनियुत्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीलाई भेटी बधाई तथा शुभकामना व्यक्त गरेको छ । नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीको नेतृत्वमा गएको चार दर्जन पर्यटन पत्रकारहरुको टोलीले मन्त्रीलाई बधाई तथा शुभकामना दिनुका साथै पर्यटन क्षेत्रको समसामयिक विषयमा जानकारी समेत गराएका थिए ।

भेटमा संघका अध्यक्ष शिव अधिकारीले पर्यटनका सम्भावनायूक्त ठाउँहरुको पहिचान गरि त्यसको प्रवद्र्धनमा राज्य चुकेको भन्दै त्यसका लागि गहन रुपमा मन्त्रालय लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले नाटोज पर्यटन क्षेत्रमा चलयमान संस्थाको रुपमा स्थापित भईसकेको र पर्यटन क्षेत्रका समस्या र चुनौतीहरुलाई उठान गर्नका लागि नाटोजको भूमिका महत्वपूर्ण रहिआएको बतानुभयो । मन्त्रालयको काम कारबाहीमा नाटोजसँग सहकार्य गरेर अगाडि बढ्न समेत अधिकारीले मन्त्रीलाई सुझाएका थिए ।

प्रतिक्रियामा मन्त्री शाहीले सकारात्मक सोचका साथ व्यवहारिक रुपमा पर्यटनको विकासका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संस्कृति र उड्डयनलाई छाडेर पर्यटन मन्त्रालय पूर्ण हुन नसक्ने भन्दै तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाउने तर्क गर्नुभयो । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नाटोजसँग सहकार्य गरेर आफु अगाडि बढ्न प्रतिवद्ध रहेको बताउदै मन्त्री शाहीले आफ्नो कार्यकाललाई सफल र उपलब्धी मूलक बनाउन आवश्यक सहयोगका लागि समेत आग्रह गर्नुभयो ।

 

तपाईंको बिचार