Sunday, November 19, 2017

कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यावसायी संघको टोलीद्धारा पर्यटनमन्त्रीलाई बधाई

प्रकाशित मिति: 2016/08/30

भाद्र १४, काठमाण्डौ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघले आज नवनियुक्त पर्यटनमन्त्री जिवनबहादुर शाहीलाई भेटी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
सिंहदरबारमा भएको भेटमा संघले पर्यटन विकाशका लागि पूर्वाधार निर्माण, पर्यटन निती सुधार, एयरपोर्ट सुधार लगायत व्यावसायीका काम ‘वान डोर सिस्टम अन्र्तगत हुनुपर्नेमा पर्यटनमन्त्री शाहीको ध्यानाकर्षण गराएको संघका अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।
भेटमा शाहीले आफु पर्यटन क्षेत्रको विकाशका लागि दत्तचित्त भएर लाग्ने बताउँदै पर्यटनका आधारभुत तत्व संस्कृति, पर्यटन र नागरिकलाई विषयगत हिसाबले सम्बोधन गर्ने दिशामा आफु तल्लीन रहेको उहाँले बताउनुभयो ।
छोटो समयमा आफ्नो काँधमा धेरै चुनौती रहेको भन्दै मन्त्री शाहीले निजी क्षेत्रसँग समन्वय गरी विज्ञ र व्यावसायीको सुझाव लिएर अगाडि बढ्न तयार रहेको बताउनुभएको अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।
आफु हुम्लामा रहँदा स्थानिय राजनीति गर्ने समयदेखि नै पर्यटन क्षेत्रको बिकाशमा चिन्तीत व्यक्ति रहेको भन्दै मन्त्री शाहीले अहिले आफुले चाहेकै क्षेत्रमा मन्त्रीको रुपमा आईपुगेकाले प्रत्येक क्षण उपलब्धीमुलक हुने गरी काम गर्ने बताउनुभएको थियो ।
भेटमा ४ दर्जन भन्दा बढि कांग्रेस निकट पर्यटन व्यावसायीहरु सहभागि थिए ।

तपाईंको बिचार