Friday, June 23, 2017  |    

पर्यटन मन्त्री शाहीलाई नाट्टाको बधाई

प्रकाशित मिति: 2016/08/30

भाद्र १४, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)ले पर्यटन मन्त्री जिबनबहादुर शाहीलाई भेट गरी बधाई तथा शुभकामना दिएको छ ।
नाट्टाको अध्यक्ष मधुसुधन आचार्यको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा भेटी पर्यटन क्षेत्रको समस्याका बारेमा मन्त्री शाहीलाई ध्यानाकर्षण गराएको थियो ।
भेटमा मन्त्री शाहीले पर्यटकीय संघसंस्थाहरुसँग समन्वय गरेर पर्यटन उथ्थानको लागि लागिपर्ने बताउनुभयो ।  
टोलीमा २ दर्जन पर्यटन व्यावसायी सहभागी थिए ।

 

तपाईंको बिचार