Monday, October 23, 2017

नेपाल पर्वतारोहण संघको २६ औं साधरणसभा भाद्र २२ गते हुने

प्रकाशित मिति: 2016/09/01

भाद्र १६, काठमाण्डौ । नेपाल पर्वतारोहण  संघको २६ औं साधारणसभा भदौ २२ गते तदनुसार सेप्टेम्बर ७ तारिखका दिन हुने भएको छ ।
होटल याक एण्ड यतिमा विहान १० बजेदेखि सुरु हुने उक्त नियमित साधरणसभामा बर्षभरिमा गरेका कार्यप्रगति विबरणको बारेमा कार्ययोजना प्रश्तुत गरिने संघका कोषाध्यक्ष टिकाराम गुरुङले गन्तव्य नेपाललाई जानकारी दिनुभयो ।
साधरणसभामा बर्षभरिका कार्यप्रगति विवरण, आगामी कार्ययोजना र बजेट खर्च र प्राप्तीका विषयमा कार्ययोजना प्रश्तुत गरिने कोषाध्यक्ष गुरुङले बताउनुभयो ।

 

तपाईंको बिचार