Sunday, March 26, 2017  |    

ठमेल पर्यटन विकाश परिषद्ले शुक्रबार ५ मन्त्रीलाई ठमेलमा सम्मान गर्दै

प्रकाशित मिति: 2016/09/01

भाद्र १६, काठमाण्डौ । ठमेल पर्यटन विकाश परिषद्ले ठमेल क्षेत्रको विकाशमा सरोकार राख्ने ५ जना मन्त्रीहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
भोली शुक्रबार बेलुकी ५ बजेबाट होटल मनाङमा सुरु हुने उक्त कार्यक्रममा उपप्रधान एबमं गृहमन्त्री विमलेन्द्र निधी, शहरी विकाशमन्त्री अर्जुननरसिंह केशी, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिबनबहादुर शाही, संघिय मामिला तथा स्थानिय विकाशमन्त्री हितराज पाण्डे र उद्योगमन्त्री नविन्द्रराज जोशीलाई सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।
कार्यक्रममा ठमेल क्षेत्रको विकाश निर्माण र भावि कार्ययोजनाका बारेमा मन्त्रीहरुसँग छलफल गरिने अध्यक्ष थपलियाले बताउनुभयो ।
नगरपालिका, प्रजिअ र ठमेल क्षेत्रका सम्पुर्ण व्यावसायीको विशाल सहभागितामा आयोजना हुन लागेको उक्त कार्यक्रम ठमेल क्षेत्रको विकाशमा कोशेढुंगा सावित हुने अध्यक्ष थपलियाको दावी छ ।

 

तपाईंको बिचार