Saturday, June 24, 2017  |    

टान केन्द्रीय कार्यलयले वेवास्ता नगरोस् : शर्मा

प्रकाशित मिति: 2016/09/01

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को पश्चिमाञ्चल कार्यलय पोखराको भवन स्तरोन्नतिको काम सुरु भएको छ ।

हाल टानको १ तले भवन रहेकोमा करिब १८ लाख लागतमा सुरु भएको स्तरोन्नति कार्य समाप्त भएपश्चात्  टान सचिवालयको कार्य सञ्चालन अझै सहज हुने अपेक्षा गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्र ब्यूरोको रुपमा स्थापित उक्त कार्यलयले बिशेषतः पर्यटन ट्रेकिङ रुटहरुको पहिचान र नयाँ नयाँ गन्तव्यको खोजी गर्दै आएको छ । यसक्रममा टान पोखराले यसअघि म्याग्दी र कास्कीमा नयाँ ट्रेकिङ रुटको पहिचान गरिसकेको छ भने म्याग्दीमा तेस्रो ट्रेकिङ रुटको पहिचान गरी पर्यटक आवागमनको लागि गन्तव्य सिफारिस गर्ने काम गरिसकिएको टान पोखराका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

भवन स्तरोन्नतिमा सहयोग पु¥याएपनि टान पोखराको अन्य कार्यक्रम सञ्चालन गर्ने अर्थमा केन्द्रीय कार्यलय अनुदार रहेको प्रति अध्यक्ष शर्माले गुनासो गर्नुभयो ।

आफूहरु विशुद्ध रुपमा पर्यटन प्रबद्र्धनमा केन्द्रित हुनकै लागि टानमा लागिपरेको भन्दै शर्माले राज्यबाट आउने आम्दानीको श्रोतमा केन्द्रीय कार्यलय एकलौटी ढंगले चल्न नहुने बताए । केन्द्रीय कार्यलय र आफूहरुबीच सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ  छ ।

तपाईंको बिचार