Wednesday, May 24, 2017  |    

पर्वतिय पर्यटनमा चम्किएका गायक ईन्सु राईको बृतचित्र सार्वजनिक

प्रकाशित मिति: 2016/09/02

भाद्र १७, काठमाण्डौ । ईन्सु राई नेपाली सांगितिक जगतमा सक्रिय युवा गायकका रुपमा चिनिन्छन । परिचय यतिमात्रैमा सिमित छैन ।
ट्रेकिङ र माउन्टेन गाईडको कार्यमा समेत सक्रिय राई नेपालको पर्यटन उथ्थानको लागि पनि उत्तिकै सक्रिय रहेका छन ।
सोलुखुम्बुको सल्लेरी ७ मा विसं २०३६ सालमा जन्मिएका राई विद्यालय शिक्षा पुरा गरी २०५७ ताका काठमाण्डौ प्रबेश गरे ।
सानैदेखी गायनमा रुची भएका राईले त्यही बेलादेखि स्वर कक्षामा सहभागि हुदै आफ्नो गायन यात्रालाई परिष्कृत गर्दै लगे ।
सुरुका दिनमा जिबन संघर्षका रुपमा ट्रेकिङ र हिमाल आरोहणमा लागि परेका उनले आज यसैबाट आफ्नो परिचय स्थापित गरेका छन  । एक सफल गायक, टे«किङ व्यावसायी र माउन्टेन गाईडको रुपमा ।

गायकका रुपमा राईको एकल स्वरमा सजिएको गिति एल्बम ‘हिमाली कान्छी’ जुन १ बर्षअगाडि बजारमा आईसकेको छ । लोकपप र आधुनिक गरी ८ वटा गित समावेश भएको उक्त एल्बममा ‘ काईयोले कपाल कोरि’ बोलको गित निकै नै चर्चित छ । गायनका सिलसिलामा देशका बिभिन्न स्थानमा पुगिसकेका राई आगामि दिनमा पनि गायन र पर्यटन व्यावसायलाई एकसाथ अगाडि लैजाने बताउँछन  ।
८ हजार भन्दा मुनिका थुप्रै हिमालको पटकपटक सफल आरोहण गरिसकेका राई पर्वतिय पर्यटनको क्षेत्रमा समेत विशेष दःखल राख्छन ।
विशेषतः नेपालको पर्यटन क्षेत्रको विकाशमा राज्य पक्षबाट खासै ध्यान नदिएको अवस्थामा भुकम्पपछिको स्थीतिमा नेपालको पर्यटन अझै सुरक्षित छ भन्ने सन्देशका साथ ‘नेपाल ईज सेभ फर टुरिजम फरईभर’ नामक बृतचित्र निर्माण समेत गरेका छन । जुन समग्र नेपालको पर्यटन विशेषतः सगरमाथा, अन्नपुर्ण, कंचनजंघा, मकालु लगायत अन्य पर्यटकीय क्षेत्रको बस्तुस्थीति जुन भुकम्पपछि पनि सुरक्षित छ भन्ने अर्थमा यसको प्रर्वद्धनात्मक बृतचित्र निर्माण गरेका छन ।
यस्तै राईको मनास्लु, चुमभ्याली, लार्केपिक जस्ता पर्वतिय पर्यटनमा महत्व राख्ने क्षेत्रको संस्कृति र जानकारी समेटेर त्यस क्षेत्रको भ्रमणमा देशी विदेशी पर्यटकहरुलाई आर्कसित गर्न जानकारीमुलक बृतचित्र समेत निर्माण गरिसकेका छन । जुन डिसेम्बरसम्ममा सार्वजनिक गर्ने उनको योजना छ ।

 

 

तपाईंको बिचार