Sunday, May 28, 2017  |    

एमाले निकट पर्यटन संगठन फुटको संघारमा

प्रकाशित मिति: 2016/09/05

भाद्र २०, काठमाण्डौ । एमाले निकट राष्ट्रिय पर्यटन व्यावसायी संगठन फुटको संघारमा पुगेको छ ।
संगठनको केन्द्रिय उपाध्यक्ष मदनराज आचार्यको समुहले संगठन मनोपली रुपमा अगाडि बढिरहेको भन्दै नियमित बैठक बहिस्कार गर्दै छुट्टै भेला आयोजना गरेपछि संगठनको विबाद बाहिर आएको हो ।
शुक्रबार चन्द्र रिजाल अध्यक्ष रहेको राष्ट्रिय पर्यटन व्यावसायी संगठनको केन्द्रिय कार्यलय नयाँबजारमा बैठक आह्वान गरेपनि   उक्त बैठकलाई बहिस्कार गर्दै मदन आचार्य समुहले पात्लेबनमा छुट्टै भेला आयोजना गरेको थियो ।
संगठनले यसअघि नियमित बैठक राखी ३ जना केन्द्रिय सदस्यलाई पार्टीको ३ वटा मिटिङमा सहभागी नभएको भन्दै हटाएपछि चरम विवाद बढ्दै गएको थियो । आचार्य समुहले भने विधान विपरित काम गर्ने अधिकार नेतृत्वलाई नभएको बताएको छ ।
संगठनमा ७५ सदस्यीय केन्द्रिय समिति रहेकोमा दुबै पक्षले बहुमत पक्ष आफ्नो समुहमा रहेको बताउँदै आएका छन । रिजाल समुहको बैठकले भने १० बुँदे प्रश्ताब समेत पास गरेको छ ।
संगठनका उपाध्यक्ष मदनराज आचार्यले संगठन व्यक्तिबादी प्रबृत्तिबाट हावी हुँदै गईरहेको र विगतका  आन्तरीक सहमति कार्यन्वयन नगरेको र संस्था एनजियो प्रकृतिबाट अगाडि बढाएको कारण बैठक बहिस्कार गरी छुट्टै भेला गर्न आफु बाध्य भएको बताउनुभयो ।
उहाँले नेकपा एमाले पर्यटन ईलाका मात्र पार्टीको आधिकारिक संस्था रहेको भन्दै राष्ट्रिय पर्यटन व्यावसायी संगठनको नाममा मनोपली नगर्न समेत नेतृत्वलाई सुझाउनु भएको छ ।
आफुहरुले पटकपटक संगठनका अध्यक्षलाई संस्थागत त्रुटिलाई सच्याउदै सहमतिय आधारमा पार्टीलाई बलियो बनाउन खोज्दा आफुहरुमाथि हेपाहा प्रबृत्ति देखाएको भन्दै तत्काल संगठनको नेतृत्व नसुध्रिए विकल्प खोज्न आफु तयार रहेको समेत गन्तव्य नेपाललाई बताउनुभयो ।
मदन आचार्य समुहको पात्लेबनमा गत शुक्रबार छुट्टै भेला आयोजना गर्नेहरुमा मदन आचार्य, योगेन्द्र थापा, राजेन्द्र सापकोटा, अन्जन थापा (कुमार), शिव लामिछाने, विरेन्द्र अधिकारी, श्रीकान्त आचार्य, प्रलाद लोहनी, प्रेम कुमार श्रेष्ठ, राम बलिदास, निरधोज शेर्पा, ध्रुब सिंखडा, प्रकाश सिंखडा देवराज ढकाल, अर्जुन प्रधान, भिष्म प्रसाई, भिम पन्त, भिम बहादुर थापा लगायत रहेका छन ।

 

तपाईंको बिचार