Monday, October 23, 2017

नेपाली कांग्रेस निकट निट नेपाल र लोकतान्त्रिकविच एकता हुदै

प्रकाशित मिति: 2016/09/05

भाद्र २०, काठमाण्डौ । नेपाली कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यावसायी संघ नेपाल (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको एकता हुने भएको छ ।
प्रजातान्त्रिक धारका पर्यटन व्यावसायीको चरम दवाब पश्चात पार्टी मिल्न लागेको हो ।
विगत लामो समयदेखि बरिष्ठ पर्यटन व्यावसायीत्रय मोहन लम्साल, गोविन्द दाहाल, बलराम न्यौपानेले व्यावसायी संघविचको एकताका लागि पहल गरेका थिए ।
निट नेपालका अध्यक्ष दिपक महतले गन्तव्य नेपालसँग कुराकानी गर्दै पार्टीलाई एकताबद्ध बनाएर सशक्त रुपमा अगाडि बढाउनका लागि एकताको विकल्प नभएको भन्दै संभवतः मंगलबार सम्ममा व्यावसायी विचको एकताको घोषणा हुने बताउनुभयो ।
त्यसैगरी नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघका अध्यक्ष रामशरण थपलियाले व्यावसायिक एकता अहिलेको आवश्यक्ता भएको बताउँदै संगठनलाई थप उर्जाशिल र चलायमान बनाउन सम्मानजनक एकताको लागि घनिभुत रुपमा छलफल भैरहेको बताउनुभयो ।
निट नेपालबाट डेढ बर्षअघि फरक मत राख्दै रामशरण थपलियाको नेतृत्वमा नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ निर्माण भएको थियो ।

 

तपाईंको बिचार