Friday, October 20, 2017

कांग्रेस निकट निट नेपाल र लोकतान्त्रिक पर्यटन व्यावसायीबिच एकीकरण हुने पक्का, घोषणा सभा भोली २३

प्रकाशित मिति: 2016/09/06

भाद्र २२, काठमाण्डौ । राष्ट्रिय पर्यटन व्यावसायी संघ निट नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको एकीकरण घोषणा सभा भोली ठमेलस्थीत गोकर्ण हाउस रिर्सोटमा हुने भएको छ ।
धेरै लामो समयदेखि बरिष्ठ पर्यटन व्यावसायी त्रय मोहन लम्साल, बलराम न्यौपाने र गोविन्द दाहालको अथक प्रयासबाट एकीकरण संभव भएको हो ।
आज विहान निट नेपाल कार्यलयमा बसेको केन्द्रिय समितिको बैठकले एकिकरण गर्ने घोषणा गरेसँगै नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको बैठक बाट पनि एकिकरण गर्ने निर्णय भएको हो ।
प्रजातान्त्रिक बिचारधाराका पर्यटन व्यावसायीहरुको  अथक प्रयास पश्चात निकाश पाउँदै विहिबार ठमेलस्थीत गोकर्ण हाउस रिर्सोटमा एकीकरण घोषणा सभा तय गरिएको हो ।
कांग्रेस निकट पर्यटन संघका अध्यक्षद्धय दिपक महत र रामशरण थपलियाले पर्यटन क्षेत्रमा समग्र पर्यटन व्यावसायी , व्यावसायको हकहितका लागि एकिकरणको विकल्प नभएको भन्दै एकीकरणपश्चात रचानात्मक काम गर्दै जाने बताउनुभएको छ ।
एकीकरण सभा पर्यटन क्षेत्रको लागि ऐतिहासिक हुने अध्यक्षद्धयको दाबी छ ।

 

तपाईंको बिचार