Saturday, April 29, 2017  |    

हजारौ चन्द्रागिरीको खोजीमा छु :एमाले अध्यक्ष ओली

प्रकाशित मिति: 2016/09/07

भाद्र २२, काठमाण्डौ । नेकपा एमाले निकट पर्यटन बिशेष ईलाका कमिटिले चन्द्रागिरी हिल पर्यटन प्रवद्र्धन कार्यक्रम चन्द्रागिरीमा आयोजना गरेको छ ।
‘आन्तरीक पर्यटन प्रवद्र्धन गरौ, समृद्ध नेपालको निर्माण गरौ’ भन्ने नाराका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, भिम रावल , युवराज ज्ञावली, अष्टलक्ष्मी शाक्य, सचिव प्रदिप ज्ञावली लगायत एमाले नेताहरुको बाक्लो उपस्थीती रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाँउ पर्यटन प्रवद्र्धनको लागि आफु प्रतिबद्ध रहेको र आफ्नो पार्टिको कार्यदिशा पनि समृद्ध नेपाल बनाउने अभियान भएको कारणले गर्दा चन्द्रागिरी जस्ता हजारौ चन्द्रागिरी निर्माणमा आफुहरुले जस्तो सुकै सहयोग गर्न लागि परेको बताउनुभयो ।
त्यसै गरी ईलाका कमिटिका अध्यक्ष राजेन्द्र सापकोटाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन ईलाका कमिटी सशक्त रुपमा लागिपर्ने बताउँदै यही पर्यटन पवद्र्धन अभियान स्वरुप चन्द्रागिरीमा विशेष कार्यक्रम गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा चन्द्रागिरी केवलकारका अध्यक्ष चन्द्र ढकाललाई नेकपा एमाले पर्यटन विशेष ईलाका कमिटीले सम्मान समेत गरेको थियो ।
 

 

तपाईंको बिचार