Sunday, July 23, 2017  |    

एमाले निकट पर्यटन संगठनको विवाद चन्द्रागिरीमा पनि देखियो

प्रकाशित मिति: 2016/09/07

भाद्र २२, काठमाण्डौ । नेकपा एमाले निकट पर्यटन विशेष ईलाका कमिटिले चन्द्रागिरीमा आयोजना गरेको चन्द्रागिरी पर्यटन प्रवद्र्धन कार्यक्रममा एमाले भित्रकै संगठनले असहयोग गरेको पाईएको छ ।
आज चन्द्रागिरीमा भएको कार्यक्रममा राष्ट्रिय पर्यटन व्यावसायी संघमा आवद्ध अध्यक्ष चन्द्र रिजाल समुहले असहयोग गरेको पर्यटन बिशेष ईलाका सम्बद्ध एक सदस्यले गन्तव्य नेपाललाई बताए ।
पर्यटन विशेष ईलाका कमिटिले नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष, सचिव लगायत पार्टीका प्रभावशाली नेताहरु सम्मीलित गरीएको भव्य र सभ्य कार्यक्रममा चन्द्र रिजाल नेतृत्वको समुहले असहयोग गर्नु र बहिस्कार गर्नु हास्यास्पद र लज्जास्पद विषय रहेको पर्यटन ईलाका कमिटीकै एक निकट सदस्यले बताए ।
यससँगै एमाले निकट राष्ट्रिय पर्यटन व्यावसायी संघमा नेतृत्वको कार्यशैलीलाई लिएर अध्यक्ष रिजाल र उपाध्यक्ष मदन आचार्यको समुहको विवाद उत्कर्षमा पुग्ने लक्षण देखिएको छ ।
 
 यस्तो छ, संगठनभित्रको विवाद  
चन्द्र रिजाल नेतृत्वको राष्ट्रिय पर्यटन व्यावसायी संगठनमा केन्द्रिय उपाध्यक्ष मदनराज आचार्यको समुहले संगठन मनोपली रुपमा अगाडि बढेको भन्दै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका छन ।
संगठनका अध्यक्ष रिजालले यसअघि नियमित बैठक राखी ३ जना केन्द्रिय सदस्यलाई पार्टीको ३ वटा मिटिङमा सहभागी नभएको भन्दै हटाएपछि चरम विवाद बढ्दै गएको थियो । आचार्य समुहले भने विधान विपरित काम गर्ने अधिकार नेतृत्वलाई नभएको बताउँदै आएको छ ।
भाद्र १७ गते अध्यक्ष रिजालले नयाँबजारमा बैठक आह्वान गरेपनि उक्त बैठकलाई बहिस्कार गर्दै मदन आचार्य समुहले पात्लेबनमा छुट्टै भेला आयोजना गरेको थियो ।
आज चन्द्रागिरीमा भएको कार्यक्रममा पनि एकअर्कालाई असहयोग गर्ने गरी संगठनभित्रका दुई समुह देखिएपछि संगठनको विवाद सतहमा देखिएको हो ।

रिजाल यसअघि एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बखत एमाले कोटाबाटै समग्र व्यावसायीको प्रतिनिधीत्व गर्दै चिन भ्रमणमा गएका थिए ।

 

 

तपाईंको बिचार