Wednesday, May 24, 2017  |    

कांग्रेस निकट पर्यटन व्यवसायीको दुई संस्था एकीकरण आज ठमेलबाट हुँदै

प्रकाशित मिति: 2016/09/08

भाद्र २३, काठमाण्डौ । राष्ट्रिय पर्यटन व्यावसायी संघ निट नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको एकीकरण घोषणा सभा आज विहिबार ठमेलस्थीत गोकर्ण हाउस रिर्सोटमा हुने भएको छ ।
धेरै लामो समयदेखि बरिष्ठ पर्यटन व्यावसायी त्रय मोहन लम्साल, बलराम न्यौपाने र गोविन्द दाहालको अथक प्रयासबाट एकीकरण संभव भएको हो ।
बुधबार विहान निट नेपाल कार्यलयमा बसेको केन्द्रिय समितिको बैठकले एकिकरण गर्ने घोषणा गरेसँगै नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको बैठकबाट पनि एकिकरण गर्ने निर्णय भएको हो ।
प्रजातान्त्रिक बिचारधाराका पर्यटन व्यावसायीहरुको  अथक प्रयास पश्चात निकाश पाउँदै विहिबार ठमेलस्थीत गोकर्ण हाउस रिर्सोटमा एकीकरण घोषणा सभा तय गरिएको हो ।
कांग्रेस निकट पर्यटन संघका अध्यक्षद्धय दिपक महत र रामशरण थपलियाले पर्यटन क्षेत्रमा समग्र पर्यटन व्यावसायी , व्यावसायको हकहितका लागि एकिकरणको विकल्प नभएको भन्दै एकीकरणपश्चात रचानात्मक काम गर्दै जाने बताउनुभएको छ ।
एकीकरण सभा पर्यटन क्षेत्रको लागि ऐतिहासिक हुने अध्यक्षद्धयको दाबी छ । यसै गरी एकिकरण सभामा सबै प्रजातान्तिक विचार धाराका पर्यटन व्यवसायीलाई उपस्थितिको लागि समेत आह्वान गरिएको छ ।

 

तपाईंको बिचार