Tuesday, May 30, 2017  |    

मिल्यो पर्यटनका दुई कांग्रेस, बन्यो नेपाल पर्यटन व्यावसायी संघ(निट)

प्रकाशित मिति: 2016/09/08

भाद्र २३, काठमाण्डौ । कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यावसायी संघ –निट नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ विचको एकता आज भव्यताका साथ सम्पन्न भएको छ ।
ठमेलको गोकर्णहाउसमा भएको एकीकरण सभामा दुवै पक्षको नामलाई ग्रहण गर्दै नेपाल पर्यटन व्यावसायी संघ(निट) नामक संघको घोषणा गरियो ।
एकबर्ष अघि निट नेपालबाट फरक मत राखी रामशरण थपलियाको नेतृत्वमा नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको स्थापना भएको थियो ।

यसअघि प्रजातान्त्रिक विचारधाराका पर्यटन व्यावसायीहरुले दुई संस्था एक भएर अगाडि बढ्नको लागि निरन्तर दवाब दिदै आएका थिए ।
दुई संस्था एकीकरण पश्चात दिपक महतको नेतृत्वमा लोकतान्त्रिकका अध्यक्ष रामशरण थपलिया सहअध्यक्ष रहने गरी  २१ सदस्यीय केन्द्रीय पदाधिकारी र ३० सदस्यीय केन्द्रीय सदस्य सहित ५१ सदस्यीय केन्द्रिय परिषद सदस्यको घोषणा गरिएको छ ।
घोषणापश्चात सहअध्यक्ष बनेका थपलियाले विगतका कमि कमजोरीहरुलाई औल्याउँदै संस्थालाई बलियो र मजबुत बनाउँदै जानको लागि आफु हरसमय प्रयत्नशिल रहने बताउनुभयो । उहाँले फुट र गुटगत राजनीतिले पार्टिलाई ठुलो क्षति पुर्याएको भन्दै अब एकताबद्ध भएर लागिपर्ने बताउनुभयो ।
उहाँले अव पर्यटनमा कांग्रेस निकट संस्था नेपाल पर्यटन व्यावसायी संघ (निट) मात्र रहेकाले सवै प्रजातान्त्रिक विचारधाराका व्यावसायीहरुलाई संघमा आवद्ध हुन आग्रह समेत गर्नुभयो ।
त्यसैगरी एकिकरणपश्चात नेपाल पर्यटन व्यावसायी संघ (निट)को अध्यक्ष बनेका दिपक महतले संघलाई आगामि दिनमा शक्तिशाली र प्रभावशाली बनाउन यो एकता ऐतिहासिक भएको बताउँदै फुटले होईन, जुटले नै जितिन्छ भन्ने सन्देश प्रवाह गर्न आफुहरु सफल भएको बताउनुभयो ।
उहाँले आगामि दिनमा प्रजातान्त्रिक विचारधाराका व्यावसायीहरुलाई संरक्षण गर्न नेपाल पर्यटन व्यावसायी संघ (निट) सफल हुने पनि बताउनुभयो ।
महतले पार्टी एकताको लागि महत्वपुर्ण समय खर्चने पर्यटन व्यावसायी तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिदै आफुहरुको विजय आजैका दिनबाट सुरुवात भएको बताउनुभयो ।

 

 

तपाईंको बिचार