Friday, April 28, 2017  |    

ध्रुव सिंखडा एमाले पर्यटन ईलाकाको अध्यक्षमा निर्विरोध, संगठनलाई पुर्नताजगी बनाउने उद्घोष

प्रकाशित मिति: 2016/09/16

भाद्र ३१, काठमाण्डौ । नेकपा एमाले सम्बद्ध पर्यटन विशेष ईलाका कमिटीको अध्यक्षमा ध्रुव सिंखडा निर्विरोध निर्वाचित भएका छन ।
होटल गोकर्ण हाउस पक्नाजोलमा सम्पन्न चौथो अधिवेशनले नेतृत्वको टुंगो लगाएको हो ।
उपाध्यक्षमा राजन शाक्य, सचिव राजकुमार पाण्डे, सहसचिव रामकृष्ण तिमिल्सीना सहित २३ सदस्यीय कमिटी निर्विरोध भएका हुन । २५ सदस्यीय केन्द्रिय समितिमा २ जना भने पछि टुंगो लगाउने गरी सहमति भएको छ । यस्तै सदस्यहरुमा अर्जुन रिजाल, ठाकुर पोखरेल, बद्रि तिमील्सीना, प्रकाश पन्त, श्रीकान्त आर्चाय, केशव धिताल, राजेन्द्र थपलिया, सुमन न्यौपाने, कृष्ण दाहाल, सुजन नेपाल, जिबन थापामगर, प्रेमकुमार चामलिङ, ढकनाथ काफ्ले, मदन भण्डारी, चुणामणि अर्याल, प्रभाकुमारी सापकोटा, गिता थापा, तारानाथ लामिछाने, राजकुमार बञ्जारा निर्विरोध निर्वाचित भएका छन ।
यसअघि हिजो २ बजेबाट बन्दसत्र सुरु भएकोमा अध्यक्षको प्रत्यासीका रुपमा ध्रुव सिंखडाको अतिरिक्त राजकुमार पाण्डे र मुक्ति पाण्डेको नाम चर्चामा रहेपनि बेलुकी ७ बजे ध्रुव सिंखडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
निर्विरोध निर्वाचित भएसँगै नवनियुक्त अध्यक्ष सिंखडाले पर्यटन क्षेत्रमा नेकपा एमालेको बर्चश्वलाई अझ सम्मानित दिशाका साथ अगाडि बढाउदै पर्यटन बिकाशमा अहोरात्र लागि पर्ने गन्तव्य नेपाललाई बताए ।
यसका साथै संगठनलाई नयाँ दिशाका साथ चलायमान बनाउन नयाँ कार्यसमिती लागिपर्ने सिंखडाले बताए ।

 

तपाईंको बिचार