Thursday, June 29, 2017  |    

हरीयो नम्बर प्लेटमाथीको प्रहार, पर्यटन नबुझेका नेतृत्वको परिणाम :पर्यटन व्यावसायी

प्रकाशित मिति: 2016/09/16

भाद्र ३१, पोखरा । हरीयो नम्बर प्लेटका पर्यटक सवारीलाई नामेट पार्ने गरी सरकारले सार्वजनिक सवारीमा रुपान्तरण गर्ने तयारी गरेको भन्दै पर्यटन व्यावसायीहरु आन्दोलित भएका छन ।
सवारी तथा यातायात व्यावस्था ऐन २०४९ को तेस्रो संसोधनबाट सरकारले पर्यटक सवारीलाई सार्वजनिक सवारीमा रुपान्तरण गर्न खोजिएको प्रति देशैभरका पर्यटन व्यावसायी आक्रोशित भएका हुन ।
सरकारले पर्यटन क्षेत्र सुधारको ठुलाठुला कुरा गर्ने तर पर्यटन क्षेत्र नै नबुझेका व्याक्तिहरुले मन्त्रालय सम्हाल्न पुग्ने गरेको भन्दै यसअघिका पर्यटन सुरक्षाका विषयहरु समेत उक्त निर्णय लागु भएमा ओझेलमा पर्ने र समग्र पर्यटन क्षेत्र ध्वस्त हुने उनीहरुको चिन्ता छ ।
पर्यटक भनेर बाह्य गोरा छाला भएकालाई मात्रै बुझिदै आएको यसअघिको सरकारको धारणामा परिवर्तन हुन जरुरी भएको अवस्थामा पर्यटक सवारीकै अस्तीत्व नामेट पार्न खोज्नुले सरकारले पर्यटन क्षेत्रप्रति देखाएको देखावटी उदारता झल्किएको भन्दै व्यावसायीको सहभागिता विना जर्बजस्ती निर्णय लाद्न खोजिए देशैभरिका पर्यटन व्यावसायी आन्दोलनमा उत्रन बाद्य हुने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का पश्चिमाञ्चल महासचिव सुवास भण्डारीले चेतावनी दिनुभयो ।
पर्यटन क्षेत्रमा हरियो नम्बर प्लेटको विश्वसनियता र सुरक्षाको विषय समेटिएको भन्दै पर्यटन क्षेत्रको मर्म नै नबुझी संसोधन प्रक्रिया अगाडि बढाउन खोज्नुले पर्यटन क्षेत्र हाँक्ने जिम्मा लिएकाहरुको रवैया प्रष्ट भएको उहाँको भनाई छ ।
यस्तै नाट्टाका पश्चिमाञ्चल अध्यक्ष डिल्लीप्रसाद गौतम –दिल)ले हरीयो प्लेटमाथीको आक्रमण समग्र पर्यटन क्षेत्र तहसनहस बनाउने खेल भएको बताउनुभयो ।
सरकारले पर्यटन बर्ष र अहिले पनि २०७३ लाई घुमफिर बर्ष भनेर घोषणा गरेको भन्दै उहाँले घुमफिर गर्नका लागि हरियो नम्बर प्लेटको गाडिमा आन्तरीक पर्यटकलाई हुँदैन भन्ने हिसावले कदम चालेको भन्दै पर्यटन क्षेत्र सम्हाल्न आउनेहरुले कम्तिमा पर्यटनको आधारभुत ज्ञान हासिल गरेर मात्रै संसोधनको कुरा उठाउन सुझाव दिनुभयो ।
सरकार आफैले घुमफिर बर्ष घोषणा गरेको स्थीतिमा   ‘पोखरा घुम्न जान्छु भनेर ईच्छा जाहेर गर्ने व्याक्तिले पर्यटक सवारीमा जान पाउने की नपाउने भनि प्रश्न समेत गर्नुभयो ।
यस्तै पश्चिमाञ्चल टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रामचन्द्र शर्माले समयानुकुल रुपमा यातायात व्यावस्था ऐन संसोधन आवश्यक भएपनि पर्यटन सवारीमाथीको संसोधनको औचित्य पुष्टी हुन नसकेको बताउनुभयो ।
पर्यटक सवारीमा सुरक्षाको प्रत्याभुतिको विषय जोडिएको बताउँदै २१ औ शताव्दीमा आएर पनि पर्यटक गाडिमा चढ्न दिनुपर्यो भन्दै आन्दोलनमा उत्रनुपर्ने स्थीतिले सरकारले पर्यटन क्षेत्रको विकासका लागि लिएको निती स्वतः प्रष्ट हुने बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासको बारेमा सोच्न नसक्ने कमजोर मानसिकता भएका नेतृत्वले पर्यटन क्षेत्र विगार्ने अधिकार समेत नभएको भन्दै उहाँले पर्यटन क्षेत्रको न्यूनतम अध्ययन गर्न र त्यसपछि मात्रै संसोधनको विषय उठाउन चेतावनी समेत दिनुभयो ।
बर्षदिनमा सरकार फेरिने परिपाटिले पर्यटन क्षेत्रमा समेत असर परेको भन्दै पर्यटन मन्त्रालयले चर्चामा आउने अर्थमा जथाभावी निर्णय गर्दै हिड्नुभन्दा पर्यटन क्षेत्रका विज्ञहरुको सल्लाह अनुसार अघि बढ्न सुझाव समेत दिनुभयो ।

 

 

 

तपाईंको बिचार