Monday, August 21, 2017  |    

ठमेल परिषद्को साधारणसभा स्थगित,भ्रममा नपर्न सम्पुर्ण पर्यटन व्यावसायीलाई आग्रह

प्रकाशित मिति: 2016/09/18

असोज २, काठमाण्डौ । ठमेल पर्यटन विकाश परिषद् टिटीडीसी को आज हुने भनिएको २१ र २२ औ बार्षिक साधारणसभा स्थगीत भएको छ ।
परिषद सम्बद्ध केही व्यक्तिले अमर्यादित गतिबिधी गरेपछि तत्कालका लागि साधरणसभा स्थगीत गरिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।
आज परिषद्को साधारणसभा हुने भनि फैलाईएको हल्ला निरर्थक भएको बताउँदै सम्पुर्ण ठमेल क्षेत्रका व्यावसायी, स्थानिय बासिन्दा तथा घरधनीहरुलाई भ्रममा नपर्न आह्वान समेत गर्नुभएको छ ।
यथास्थीतिमा साधारणसभा गरिदा परिषद् नै फुटको संघारमा पुग्न सक्ने भन्दै थपलियाले अहिलेको अवस्थामा संस्थालाई एकताबद्ध बनाएर अघि बढ्नु बुद्धिमानी ठहर्ने देखिएकाले साधरणसभा स्थगित गरिएको बताउनुभयो ।
परिषदले आज ठमेल स्थीत मल्ल होटलमा परिषदको साधारणसभा गर्ने गरी यसअघि तयारी अघि बढाएको थियो ।
केही बिधानतः बिवाद सल्टाएर आफु अघि बढ्ने भन्दै उहाँले साधरणसभा छिट्टै नै परिषदको कार्यसमिती बैठकले तोक्ने पनि बताउनुभयो ।
परिषद्को शनिवार बेलुकी बसेको कार्यसमितिको बैठकले साधारणसभा स्थगीत गर्ने निर्णय गरेको हो ।

 

तपाईंको बिचार