Monday, December 11, 2017

अबैधानिक भेलाको निर्णय स्वीकार्य छैन, कानुनी उपचारको लागि तयार छु :थपलिया

प्रकाशित मिति: 2016/09/18

असोज २, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष रामशरण थपलियाले अबैधानिक रुपमा व्यक्तिबादी ढंगबाट भेला आयोजना गरी अनुचित निर्णय गर्ने कोशिष गरीएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मिति २०७३ असोज १ गते बसेको कार्यसमितिको बैठकले    परिषद्को २१ औ र २२ औ बार्षिक साधारणसभा स्थगीत गर्ने  औपचारिक निर्णय गरेकोमा परिषद्का केही ठमेल विरोधी तत्वमार्फत फर्जी सदस्यताको समुह तयार गरेर भेला निर्माण गरी मनपरी ढंगबाट बिधानले नदिएको अधिकार हातमा लिने कोशिष भएको भन्दै उक्त निर्णय कुनैपनि हालतमा स्वीकार्य नहुने बताउनुभयो ।
संस्थागत निर्णयलाई कुल्चेर परिषदको अस्तीत्व मेट्ने कोशिष भएको भन्दै बैधानिक रुपबाट सबै परिषदका सदस्यहरुको भेला गरी निर्णय कार्यन्वयन गर्न चुनौति समेत दिनुभयो ।
परिषदको कुल सदस्य संख्या ४४८ जनाले मतदान गर्ने अधिकार प्राप्त गरेको स्थीतिमा साधारणसभा बस्नकै लागि पनि ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने तथा नेतृत्वलाई  अविश्वास ल्याउनकै लागि बिधानतः दुईतिहाईको संख्या आवश्यक हुने भएपनि मनपरी ढंगले अविश्वास प्रश्ताव ल्याईएको भन्दै दुृईतिहाई सदस्यबाट नेतृत्वलाई हटाएर देखाउन चुनौति समेत दिनुभयो ।

तपाईंको बिचार