Friday, March 24, 2017  |    

ठमेल विकास परिषद्को पत्रकार सम्मेलन आज साढे १२ बजे गोर्कण हाउस रेष्टुरेण्ट ठमेलमा हुँदै

प्रकाशित मिति: 2016/09/19

असोज ३, काठमाडौं । ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष रामशरण थपलियाले अबैधानिक रुपमा व्यक्तिबादी ढंगबाट भेला आयोजना गरी अनुचित निर्णय गर्ने कोशिष गरीएको भन्दै आज आश्विन ३ गते १२ः३० बजे गोर्कण हाउस रेष्टुरेण्टमा पत्रकार सम्मेलन गर्न लागिएको बताउनु भएको छ । सम्पूर्ण ठमेलका व्यवसायी, घरधनी तथा पत्रकारहरुलाई उक्त पत्रकार सम्मेलनमा सक्रिय सहभागिता जनाईदिनु हुन पनि आग्रह गर्नुभएको छ ।

संस्थागत निर्णयलाई कुल्चेर परिषदको अस्तीत्व मेट्ने कोशिष भएको भन्दै थपलियाले  सत्य तथ्य कुरा जानकारी गराउनको लागि पत्रकार सम्मेलन गर्न लागेको पनि बताउनु भयो ।  

 

तपाईंको बिचार