Sunday, March 26, 2017  |    

एभरेष्ट वेस क्याम्प ट्रेक जाने पदयात्रीद्धारा अपांग बालबालिकाहरुलार्ई सहयोग

प्रकाशित मिति: 2016/09/20

काठमाण्डौ, पश्चिम नेपाल विकास ट्रष्टलाई एभरेष्ट वेस क्याम्प जाने पदयात्रीहरुद्धारा अपाङ बालबालिकालाई छात्रवृत्तिको लागी करिव तिन लाख रुपैया सहयोग प्रदान गरिएको छ ।

राजधानीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग ग्रहण गर्दै पदम घिमिरेले सो रकमले अपांग बालबालिकाको पठन पाठनमा सहयोग गर्ने बताउनु भयो । आफुहरुले नेपालको सर्वोच्च शिखर सगरमाथाको वेस क्याम्प जान पाउँदा र त्यही अवसरमा थोरै मानवकल्याणको निम्ति सहयोग गर्न पाउँदा खुसी भएको विदेशीहरुले बताएका थिए । संस्था स्थापना पछि पश्चिम नेपाल विकास ट्रष्टले अपांग बालबालिका, विद्यालय, तथा सामाजिक सचेतनाको लागि काम गरिरहेको संस्थाका सल्लाहकार गोपाल प्रसाद भुषालले जानकारी दिनुभयो ।

 

तपाईंको बिचार