Wednesday, June 28, 2017  |    

ठमेल परिषदमा अनिष्चीतकालिन तालाबन्दी, परिषद् प्रहरीको कडा निगरानीमा

प्रकाशित मिति: 2016/09/20

असोज ४, काठमाण्डौ । ठमेल पर्यटन विकास परिषदमा अनिष्चीतकालिन तालाबन्दी भएको छ ।
परिषद्को साधारणसभा विबादलाई लिएर केही दिनअघिदेखि परिषद् बिबादमा फस्दै आएको थियो ।
ठमेल पर्यटन बिकास परिषदको बहुमत सदस्यले साधरणसभा स्थगित गर्ने बहुमत कार्यसमितिले निर्णय गरेपश्चात पनि परिषदकै उपाध्यक्ष समिर गुरुङको नेतृत्वमा एक समुहले भेला गरि कार्यबाहक अध्यक्षका रुपमा संस्थाका उपाध्यक्ष समिर गुरुङलाई घोषणा गरेको थियो ।
त्यस बिषय सँगसँगै आज पत्रकार सम्मेलन गरि घोषित अध्यक्ष समिर गुरुङको समुहले परिषद्मा छिर्ने घोषणा गरेपश्चात परिषदका अध्यक्ष रामशरण थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा शान्ति सुरक्षाको लागि मुद्धा दर्ता गरेका छन । प्रहरी प्रशासनले परिषद् परिषरमा कडा निगरानी राखेको छ ।
यसैविच महानगरिय प्रहरी प्रभाग सोह्खुट्टे डिएसपि सोमेन्द्र सिंह राठौरले गन्तव्य नेपाल न्यूजसँगको कुराकानीमा भोली बुधबार १० बजे दुबै पक्षलाई प्रहरी कार्यलयमा बोलाएर मिलाउने कोशिस भैरहेको बताउनुभयो ।
नमिले के गर्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा पुनः सिडियो कार्यलय यो मुद्धालाई पठाउने बताउनुभयो । दुबै पक्ष विचको निकास नआएसम्म परिषद्को तालाबन्दी भने कायमै रहने राठौरको भनाई छ ।

 

तपाईंको बिचार