Thursday, May 25, 2017  |    

ठमेल परिषद् बिबादको यर्थाथता के थियो ?

प्रकाशित मिति: 2016/09/21

असोज ५, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद टिटीडिसीले ३५ दिनको अवधी राखेर यही असोज २ गते २१ र २२ औं वार्षिक साधारणसभाको लागि नयाँ पत्रिकामा सुचना सार्वजनिक गर्यो ।

त्यससँगसँगै परिषद्को कार्यसमिति बैठकले परिषदका महासचिव गोबिन्द पन्तको संयोजकत्वमा कार्यसमिति सदस्यद्धय हरी भेटवाल, टासी गुरुङ सम्मीलित ३ सदस्यीय बिधान संसोधन कमिटी निर्माण गर्यो ।

उक्त कमिटीले बर्तमान परिस्थीतिलाई अध्ययन गरेपश्चात परिषदको बिधानमा भैरहेको नेतृत्वको दुई कार्यकालको अवधीलाई खारेज गरी खुल्ला गर्ने र ३ जना उपाध्यक्षहरु सहितको २१ सदस्यीय कार्यसमिति बनाउने गरी मस्यौदा बर्तमान कार्यसमितीमा पेश गर्यो । त्यो प्रश्ताबलाई आगामी साधारणसभामा पेश गर्ने बहुमत कार्यसमितीले निर्णय गर्यो ।

त्यसपछि संघका निबर्तमान अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठको समुहले बिधान संसोधन प्रश्ताबलाई अश्विकार गर्ने भनि गुटबन्दी सुृरुवात गर्यो । उक्त समुहले सुरुवाती दिनमा साधरणसभा स्थगित गर्नको लागि हस्ताक्षर अभियान समेत चलायो ।

त्यसलगत्तै अध्यक्ष रामशरण थपलियाले भुकम्प र नाकाबन्दीका कारण आफुले भरपुर रुपमा काम गर्न नसकेकोले आफुले ठमेलको बिकाशको लागि काम गरेर जाने  भन्दै १ बर्ष आफ्नो पदावधी बढाईदिन कार्यसमिति समक्ष प्रश्ताब राखे । थपलियाको उक्त प्रश्तावप्रति कार्यसमिति सदस्यहरु सकारात्मक देखिए ।

तर यहीबेला निवर्तमान अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले असहमति राख्दै छुट्टै भेला गर्ने बताउँदै आफ्नै रेष्टुरेण्टमा पत्रकार सम्मेलन आयोजना गरे । त्यसपछि पनि बार्ता र संबाद चलिरहँदा तेजेन्द्र श्रेष्ठ समुहले आश्विन १ गते होटल मस्र्याङदीमा माउन्टेन टेलिभिजनबाट लाईभ समेत गरी बर्तमान अध्यक्ष रामशरण थपलिया र परिषदप्रति कटाक्ष गर्न पुगे ।

त्यसपछि परिषदमा चरम गुटबन्दी भएको र संघ यही साधारणसभाबाट फुटको संघारमा पुग्न सक्ने भन्दै अध्यक्ष रामशरण थपलियाले परिषद् सचिवालयमा अकास्मात सोही असोज १ गते बेलुका बहुमत कार्यसमितीको बैठकबाट साधारणसभा स्थगित गर्ने निर्णय गराए । सोको जानकारी असोज २ गतेको पत्रिका हिमालयन टाईम्स दैनिक र सामाजिक सञ्जाल फेसबुक, ईमेल र मोवाईल एसएमएस मार्फत जानकारी परिषद्को सचिवालयले गरायो ।

त्यसपछि असोज २ गते परिषद्को बहुमत कार्यसमितीको साधरणसभा स्थगित गर्ने निर्णयको बिरुद्धमा तेजेन्द्र समुहले ठमेलमा माईकिङ नै गराएर ‘आज ठमेल पर्यटन बिकास परिषद्को साधारणसभा स्थगित भएको छैन भन्दै सहभागिताको लागि आह्वान गर्यो ।

यसक्रममा होटल मल्लमा पुनः बुकिङ गरी परिषद्का उपाध्यक्ष समिर गुरुङको सभापतित्वमा एक समुको भेला गरी  बर्तमान अध्यक्ष रामशरण थपलियालाई हटाई उपाध्यक्ष समिर गुरुङ कार्यवाहक अध्यक्ष भएको घोषणा उक्त भेलाले गर्यो ।

त्यसपछि परिषद्का अध्यक्ष रामशरण थपलियाले आफुबिरुद्ध बिगतको निर्वाचनको प्रतिशोध साँध्न र आफ्नो बर्चश्वलाई ध्वस्त पार्न तेजेन्द्र समुहले अबैधानिक भेला गरेर आफ्नो चरित्र हत्या गर्ने नियोजित षड्यन्त्र गरेको भन्दै ठमेलस्थित गोकर्ण हाउस रेष्टुरेण्टमा असोज ३ गते पत्रकार सम्मेलनको आयोजना गरे । उनले परिषद्को अध्यक्षको समायावधी अझै साँढे ७ महिना रहेको भन्दै आफु नै अध्यक्ष रहेको जानकारी गराए । बैधानिक साधरणसभाको दुईतिहाई मतबाट आफुलाई हटाउन चुनौति समेत दिए ।

त्यसपछि असोज ४ गते तेजेन्द्र समुहले आफ्नो भेलाले घोषित कार्यवाहक अध्यक्ष समिर गुरुङलाई पत्रकार सम्मेलन मार्फत परिषद् छिर्नको लागि तयारी गर्यो ।

सोही दिन अध्यक्ष थपलियाले शान्ति सुरक्षासहितको बिबाद अन्त्य गरियोस भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गराएपश्चात तेजेन्द्र समुह पछि हट्यो । परिषद् परिशरमा कडा सुरक्षा दिईयो । जुन आज सम्म परिषद तालाबन्दीसहित सुरक्षा घेराको निगरानी छ ।

यसैबिच बिबाद अन्त्यको लागि जिल्ला प्रशासन कार्यलय काठमाण्डौले सोह्खुट्टे प्रहरी प्रभागलाई पत्राचार गरेपश्चात आज असोज ५ गते दुबैपक्षलाई बोलाएर मिलाउने कोशिस हुँदापनि मिल्न नसकेपछि पुनः जिल्ला प्रशासन कार्यलयमा मुद्धा पठाउने तयारी भएको सोह्खुट्टे प्रहरी प्रभागले बताएको छ ।
 

 

 

तपाईंको बिचार